बेनी–दरबाङ सडकको बेनी–तातोपानी खण्ड निर्माण तिब्र

Gandaki Kotihome

बेनी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनी देखि तातोपानी खण्डको निर्माण कार्यले तिब्रता पाएको छ ।

सहायक ठेकेदारले अधकल्चो छाडेर अलपत्र बनाएको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नतिलाई पुर्णता दिन गत भदौमा काममा फर्किएका मुख्य ठेकेदारले तिब्र बनाएका हुन् ।

समानान्तर–लामा जेभीले ठेक्का लिएको यो सडक आयोजनाको सहायक ठेकेदार तथा प्रतिनिधी दयाराम थापा गत चैत देखि कार्यक्षेत्र छाडेर भागेपछि अलपत्र बनेको थियो । मुख्य ठेकेदार समानान्तरण निर्माण कम्पनीका आयोजना ब्यवस्थापक राकेश सदाले बेनी देखि तातोपानीसम्म सात ठाउँमा मजदुर र उपकरण परिचालन गरिएको बताउनुभयो ।

Upper Myagdi transmition line notice

उपकरण र मजदुरको संख्या बढाएर फरक–फरक ठाउँमा परिचालन गरिएको बताउनुभयो । ठुलोखोलामा अस्थायी क्रसर स्थापना गरेर बेस र सब बेस उत्पादन गरेर सडकमा बिछ्याउने तयारी भएको बताउनुभयो । उहाँले नदीजन्य बस्तुको अभाव भएको बताउनुभयो । बेनी सामुदायिक र खानेपानी उपभोक्ता संस्था कार्यालय परिसरमा सडक ढलान भइसकेको छ ।

१२ किलोमिटर ५०० मिटर सडक ११ मिटर फराकिलो बनाएर सात मिटर चौडाइका दरले कालोपत्रे गर्ने ठेक्का लिएको लामा निर्माण कम्पनीका सञ्चालक प्रतिनिधीसभा सदस्य जिपछिरिङ लामाको तस्बिर सडकमा झुण्डाएर स्थानीयबासीले हालै बिरोध जनाएका थिए ।

Annapurna aarohan ko notice

बि.स २०७४ असोज ४ गते रु. ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । हालसम्म करिब साठी प्रतिशत मात्रै भौतिक प्रगति भएको पुर्बाधार बिकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख सन्तोष अर्यालले पछिल्लो पटक आगामी चैत महिनासम्म ठेक्काको म्याद थपिएको बताउनुभयो ।

चोथौ पटक म्याद थप भएको यो आयोजनाका ठेकेदारले पर्याप्त मजदुर र उपकरण परिचालन तथा सामाग्री जुटाउन नसक्दा ढिलाई भएको हो । म्याग्दीको ‘लाईफ लाइन’ मानिने २०६३ मा मार्ग खुलेको बेनी–दरवाङ सडक बर्खामा बाढी र पहिरोले दैनिकजसो अवरुद्ध र हिउँदमा धुलाम्मे हुन्छ ।

बेनी–तातोपानी खण्डको सडक बिस्तार गरेर अधिकांश ठाउँमा बेस राखेको थियो । बाँकी रहेको नाली, पर्खाल निर्माण र पहिरो पन्छाउने काम शुरु गरेको ठेकेदार कम्पनीका ब्यवस्थापक सदाले बताउनुभयो । बेनी–तातोपानी खण्डमा कालोपत्रे र तातोपानी–सिम खण्डमा बिस्तार, पर्खाल र नाली निर्माण शुरु गर्ने उहाँले बताउनुभयो ।

तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुषमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । आयोजनाको दोस्रो चरणमा लाम्पाटा देखि दरवाङ सम्म ८ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न रु. २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो ।

उसले हालसम्म पचास प्रतिशत निर्माण सकेको पुर्बाधार बिकास कार्यालयले जनाएको छ । बिरुवा–क्याराभान काममा फर्किएको छैन् । प्रतिनिधी सोमनाथ गौचन सम्पर्क बिहिन हुनुहुन्छ । मंगला गाउँपालिकाको सिम देखि लाम्पाटा सम्मको ३ दशमलब ६१५ किलोमिटर सडक स्तरोन्नतिका लागि रु. दुई करोड ९५ लाख बजेट आएको र यसै महिनाभित्र सम्झौता हुने पुर्बाधार बिकास कार्यालयका प्रमुख अर्यालले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...