म्याग्दीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

Gandaki Kotihome

बेनी । म्याग्दीमा बिहिबार देखि लैङ्गिक हिंसा विरुद्धको १६ दिन अभियान बिहीबारदेखि म्याग्दीमा पनि शुरु भएको छ । बेनी नगरपालिकाको आयोजना र सामाजिक विकास कार्यालयको समन्वयमा अभियानको सुरुवाती दिन बेनीमा अन्तत्र्रिmया गरिएको छ ।

यस बर्षको लैङ्गिक हिंसा बिरुद्धको अभियानको नारा ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने रहेको छ । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले सबै कुराको मूल नीति राजनीति भएकाले राजनीतिमा महिलाको सहभागिता वृद्धि गर्नुपर्ने बताउनुभयो ।

उहाँले संविधान, ऐन, कानुनमा महिलासम्बन्धी हक, अधिकारको व्यवस्था गरेको भए पनि त्यसलाई हु–बहु कार्यान्वयन गर्ने सवालमा भने फितलो रहेको बताउँदै सम्बन्धित निकायले प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

Upper Myagdi transmition line notice

प्रदेश सभा सदस्य केसीले पछिल्लो समय समाजमा विभिन्न किसिमका हिंसाजन्य घटनाहरु बढ्दै जान थालेको हुँदा कानुनको प्रभावकारी कार्यान्वय गर्नुपर्ने बताउँदै महिलासँग सम्बन्धित घटनामा स्वतन्त्र रुपमा छानबिन र कारवाही गर्ने वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

Annapurna aarohan ko notice

सोही कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले लैङ्गिक हिंसाका घटना हुन नदिन तथा न्युनीकरण गर्नका लागि समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले घरेलु तथा महिला हिंसा घटाउन महिलाहरुलाई विभिन्न पेशा तथा व्यवसायमा आबद्ध गराएर उनीहरुलाई आर्थिक रुपमा सशक्त र आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस म्याग्दीका उपसभापति केबि भण्डारीले एउटी महिला छोरी, दिदीबहिनी, बुहारी र आमाको भूमिकामा रहेकाले विद्यालय तहबाटै महिलाप्रति सम्मान गर्ने भावनाको विकास गराउन सकेमा लैङ्गिक हिंसाको अन्त्य गर्न सकिने बताउनुभयो । बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले समुदाय, विद्यालय र वडा तहमा पुगेर १६ दिनसम्म लैङ्गिक हिंसा विरुद्धको अभियानअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा म्याग्दीका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राईले लैङ्गिक हिंसासम्बन्धी विषयमा आधारित रहेर म्याग्दीमा लैङ्गिक हिंसाका घटना तथा पछिल्लो अवस्थाबारे सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष दीपक पौडेल, महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष रेखाकौशल रेग्मी र बेनी सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थी हिमाल आचार्यले लैङ्गिक हिंसा न्युनीकरण गर्न समुदायस्तरमा सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, गैरसरकारी संस्था महासंघका निवर्तमान अध्यक्ष हरिप्रसाद पौडेल, अधिकारकर्मी जमुना आचार्यको विशेष उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा संगम, मिलन, कदम म्याग्दी, म्याग्दी बहुमुखी क्याम्पस, प्रकाश मावि र बेनी सामुदायिक माविले संस्थागत सहभागिता जनाएका थिए ।

बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालको अध्यक्षता र सहायक महिला विकास निरीक्षक डमसरा पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले स्वागतसँगै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । औपचारिक कार्यक्रम सुरु हुनुपूर्व सदरमुकाम बेनीमा प्रभातफेरी ¥याली निकालिएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...