मंसिर २१ देखि २५ गतेसम्म जेसिजकप फुटबल प्रतियोगिता हुने

Gandaki Kotihome

बेनी । बेनीमा यही मंसिर २१ देखि २५ गतेसम्म जिल्ला स्तरीय अन्तर मा.बि. १९ औ जेसिजकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

Annapurna aarohan ko notice

म्याग्दी जेसीजको मूल आयोजनामा बेनीको खुल्ला मञ्चमा सञ्चालन हुने प्रतियोगिताको बिभिन्न उपसमिति गठन गरेर तयारी शुरु गरिएको सोमबार आयोजित पत्रकर सम्मेलनमा जानकारी गराइयो ।
‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नाराका साथ सञ्चालन हुने प्रतियोगिताका लागि कुमार बानियाको मुल संयोजकत्वमा २० वटा उपसमिति गठन गरेर तयारीलाई तिब्रता दिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष विरेन्द्र श्रेष्ठले बताउनुभयो ।
प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने प्रतियोगिताका मुल संयोजक कुमार बानियाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार, उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद रु २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ भने अनुशासित टिमलाई नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिता सञ्चालनको लागि रु ८ लाख ६८ हजार खर्च हुने अनुमान गरिएको छ । गत बर्ष कोरोना (भाइरस)को जोखिमका कारण प्रतियोगिता सञ्चालन भएको थिएन् । जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय चर्चित फुटवल प्रतियोगिता मानिन्छ ।
सन्तोष श्रेष्ठ स्मृति कोष मुख्य प्रायोजक रहने यस प्रतियोगितामा आर्थिक संकलनका लागि टाइटल स्पोन्सर, प्रायोजक र सह–प्रायोजकको लागि समेत आह्वान गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा म्याग्दी जेसिजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठले प्रतियोगिताको लोगो अनावरण गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...