बालिका बलात्कारको आरोपमा एक जना पक्राउ, ढुङ्गा सहितको ट्रक र चालक नियन्त्रणमा

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । ७ बर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा म्याग्दीमा एक जना पक्राउ परेका छन् ।

म्याग्दीको मंगला गाउँपालिका–५ का ४७ वर्षीय थमबहादुर बिकलाई बालिका बलात्कार आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरिक्षक बिरेन्द्रराज गुरुङ्गका अनुसार बिक बिरुद्ध आइतबार म्याग्दी जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरि अनुसन्धानका लागि हिरासतमा राख्न सात दिनको म्याद थप गरिएको थियो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

चलचित्र देखाउने बहना बनाएर ललाई फकाई बलात्कार गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको टोलीले बिकलाई पक्राउ गरेको थियो ।

२०७८ कात्तिक १८ गते दिउँसो १ बजेको घटनाको बिषयमा प्रहरीलाई मंसिर ४ गते शनिबार मात्र खबर आएको थियो । मुलुकी अपराध संहिता २०७४ को परिचछेद १८ को दफा २१९ को उपदफा (३) (क) बमोजिम दश बर्ष भन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गरेमा जन्मकैदको सजाय हुने कानूनी ब्यवस्था रहेको छ ।

यसैगरी प्रहरीले म्याग्दीको कालीपुलबाट प्रहरीले प्रक्रिया पुरा नगरी निकासी हुन लागेको ढुङ्गा सहितको दुई वटा ट्रक र तीन जनालाई पक्राउ गरेर आइतबार डिभिजन बन कार्यालयलाई कारबाहीका लागि बुझाएको छ । पर्बततर्फ जादै गरेको ना ५ ख ७३८२ र ना ५ ख ८७३९ नम्बरको ट्रक, त्यहाँ ढुवानीका लागि राखिएको कटपिस ढुङ्गा बरामद भएको थियो ।

स्याङ्जाको हरिनास गाउँपालिका ६ का २८ बर्षीय तिलबहादुर शाही, नवलपरासीको बर्दघाट नगरपालिका १५ का ३४ बर्षीय रुद्रबहादुर घिमिरे क्षेत्री र मालिका गाउँपालिका–२ का २३ बर्षिय चन्द्र घर्तिलाई पक्राउ गरिएको थियो । ढुङ्गा, ट्रक र तीन जनालाई कारबाहीका लागि डिभिजन बन कार्यालयमा बुझाएको प्रहरी निरीक्षक गुरुङले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...