बजेट कार्यान्वयनलाई गति दिन अर्थमन्त्री बरालको निर्देशन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कोरोनालाई देखाउर अब विकास निर्माणलाई प्रभाव पर्न नपाइने बताउनु भएको छ । अर्थ मन्त्रालयले मंगलबार म्याग्दीमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले अब नतिजा दिने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिदै अब कोरोनालाई देखाएर विकास निर्माणलाई प्रभाव पार्न नपाइने बताउनु भएको हो ।

हाल कोरोनाको प्रभाव विस्तारकै कम हुदै आएकोले बहिरीको रुपमा रहेको कोरोनाबाट सचेत हुदै विकास निर्माणलाई गति दिने गरी अघि बढ्न मन्त्री बरालले बताउनु भयो । थोरै बजेट र खुद्रे बजेट आएको भन्ने प्रश्नमा मन्त्री बरालले प्राप्त बजेट प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्न बताउनु भएको छ । अभ्यासकै क्रममा रहेको हुदा तीन तहका सरकार बिच समन्वय, सहकार्य र सहअस्तित्व हुन नसक्दा कार्यक्रमहरु प्रभावकारी हुन नसकेको उहाँले बताउनु भयो । प्रदेशले आन्तरिक श्रोतलाई कसरी बृद्धि गर्न सकिन्छ, त्यसको श्रोतहरु के के हुन त्यस तर्फ सवैको ध्यान केन्द्रित हुनु पर्ने धारणा व्यक्त गर्नु भयो । करको दर भन्दा दायराका क्षेत्रहरु ध्यान केन्द्रित हुनु पर्ने उहाँको भनाई थियो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

अर्थ मन्त्रालयका सचिव बैकुण्ठ प्रसाद अर्यालले म्याग्दी जिल्लाको संक्षिप्त कार्यप्रगती पेश गर्दै गत बर्ष ७१.४३ प्रतिशत बजेट कार्यान्वयन भएकोमा यस बर्षको पहिलो चौमासिकमा करिब ८ प्रतिशत बजेट खर्च भएको बताउनु भयो । बहुबर्षीय योजनाहरुमा कम्तिमा पनि २० प्रतिशत बजेट सुनिश्चित नभएसम्म कार्यान्वयनमा लैजान नसकिने उहाँले बताउनु भयो । एउटै कार्यक्रममा दुई योजना भए एउटा मात्र कार्यक्रम लागु हुने सचिव अर्यालले जनाउनु भयो ।

कोष लेखा तथा नियन्त्रक कार्यालय म्याग्दीका युक्त प्रसाद शर्माले अझै पनि ४० देखि ४५ प्रतिशत बजेट खर्च असारमा हुने हुँदा यसलाई समयमै सुधार गर्नुपर्ने बताउनु भयो । पूर्वाधार विकास कार्यालय म्याग्दीका सन्तोस अर्यालले बहुबर्षीय योजनाहरु यसै बर्ष संचालनको लागि आवश्यक बजेट विनियोजन नभएको गुनासो गर्नू भयो । यस बर्ष टुक्रे धेरै योजना परेको एकै योजनामा अघि र पछि गरी बजेट समेत विनियोजन भएको उहाँको भनाई थियो । स्वास्थ्य कार्यालय म्याग्दीका एकनारायण भुषालले लेखा तथा प्रशासनका कर्मचारी अभाव भएको गुनासो गर्नु भयो । कोरोनाबाट म्याग्दीका ८२ जनाको मृत्यु भएको र हाल ४ जना कोरोनाका बिरामी भएको उहाँले बताउनु भयो । १८ बर्ष माथिका करिब ५५ प्रतिशत जनसङमा कोरोना बिरुद्धको खोप उपलब्ध गराइएको भुषालले जनाउनु भयो ।

बेनी अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन डा.जितेन्द्र कंडेलले लेखाको दरवन्दी भएकोले कर्मचारीले तलव भक्ता खान समस्या भएको बताउनु भयो । सामाजिक विकास कार्यालय म्याग्दीका रमेश थापाले १६ वटा योजनाहरु परे पनि योजना परेको ठाँउको बारेमा पक्ता लगाउन एक महिना समय लागेको बताउनु भयो । ज्येष्ठ नागरिक र प्रभावित व्यक्तिहरुको आश्रमको रुपमा व्यबस्थापन गर्न एउटा सामुदायिक भवन आवश्यक भएको उहाँले बताउनु भयो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेशका विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुले कर्मचारी अभाव, सवारी साधानको अभाव, विनियोजित बजेट कम विनियोजन भएको गुनासो गर्नु भएको थियो । अर्थ मन्त्रालयका शाखा अधिकृत केशव सुवेदीले संचालन गरेको कार्यक्रममा मन्त्रालयकै शाखा अधिकृत दिलीप सुवेदीले स्वागत गर्नु भएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...