७ बर्षीया नातिनी बलात्कार गर्ने ७८ वर्षीय बृद्ध पक्राउ

Gandaki Ghumau

बेनी । ७ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा म्याग्दीका ७८ बर्र्षीय एक बृद्ध पक्राउ परेका छन् ।

बृद्धालाई आइतबार म्याग्दी जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले बताउनुभयो ।

Gunasthariya Shiksya

“बृद्ध बिरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएको छ,” उहाँले भन्नुभयो “बालिकालाई बृद्धले बलात्कार गरेको खबर आएपछि प्रहरी टोली तत्कालै घटनास्थलमा पुगेको थियो ।”

Shreekrishna

२०७८ कात्तिक २७ गते अपराहन्न ४ बजेको समयमा आफ्नै घरमा नातिनीलाई करणी गरेका थिए । पिडितलाई सामाजिक र मानसिक असर पर्ने भएकाले पिडकको समेत पहिचान सार्वजनिक नगरेको प्रहरीले जनाएको छ । यो घटना बेनी नगरपालिका भित्रको हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...