काँग्रेसको प्रदेश क्षेत्रमा सर्बसम्मत नेतृत्व चयन

Gandaki Kotihome

बेनी । म्याग्दीका दुई वटै प्रदेशसभाको क्षेत्रमा नेपाली कांग्रेसको क्षेत्रीय समितिमा सर्बसम्मत नेतृत्व चयन भएको छ ।

गण्डकी प्रदेशको क्षेत्र (क) को बेनी र (ख) को दरबाङमा शनिबार भएको क्षेत्रीय अधिबेशनले कार्यसमिति चयन गरेकोे हो । क्षेत्र कको सभापतिमा ओम छन्त्याल र क्षेत्र खको सभापतिमा टंकप्रसाद पुन चयन हुनुभएको छ ।

क्षेत्र (क)का निर्वाचिन अधिकृत रामजीप्रसाद सुवेदीका उपसभापतिमा भवबहादुर भण्डारी, सुजन बरुवाल, सचिवमा चक्रबहादुर केसी र रोशन पुन, उपसचिवमा विशाल खत्री र गणेश गर्वुजा निर्विरोध हुनुभएको छ ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

क्षेत्रीय कार्यसमितिको सदस्यहरुमा टंकबहादुर हमाल, मोहन महत, तारानाथ रेग्मी, गोपाल बाँनिया, धु्रबुराज शर्मा सुवेदी, चन्द शेरपुजा मगर, गोविन्द पुन, डिल बहादुर बरुवाल, सप्रम मल्ल, अनोद श्रेष्ठ, श्याम पुर्जा, निर्मला श्रेष्ठ, अमृतादेवी बानिायाँ, धनमाया विक, सृजना भट्टचन, पशुपति विक, टिकप्रसाद गौचन चयन हुनुभएको छ ।

क्षेत्र खका मतदान अधिकृत सागरजिवी उपाध्यायका अनुसार कार्यसमितिको उपसभापतिमा गोपालप्रसाद भट्टचन, तेजिन्द्र थापा, सचीवमा हिराबहादुर पुन र हेमेन्द्र गुरुङ हिमाल, सहसचिवमा भिमप्रसाद गौतम र भक्तबहादुर सिंकिजा पुन चयन हुनुभएको छ ।

सदस्यहरुमा खगेन्द्र फगामी, अनिल रोका मगर, नगेन्द्र मल्ल, देवेन्द्र रोका, इन्द्र थापा, याममाया सुवेदी, शुसिला खड्का, पुष्पा पौडेल घिमिरे, सर्मिला थापा, पिपला बुढा, धुव्रवकुमार खत्री, रबिना भट्टचन पुर्जा, छकेन्द्र पुन, खिम बहादुर पुर्जा, आशा बिक, थमन घिमिरे र पृजन भट्टचन रहनुभएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...