मुस्ताङका पाँचै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन

Gandaki Kotihome

जोमसोम । मुस्ताङको पाँच वटै स्थानीय तहमा नेकपा एमालेको सर्वसम्मन नेतृत्व चयन भएको छ ।

थासाङ गाउँपालिकामा नबिन भट्टचनको अध्यक्षतामा सुनिता शेर्पा उपाध्यक्ष, महेन्द्र गौचन सचिब, सिस्ने बिक र सुनिल परियार उपसचिब तथा नरसिंह शेरचन आर्थिक बिभाग प्रमुख रहेको ७१ सदस्यीय पालिका कमिटि गठन भएको छ ।

घरपझोङ गाउँपालिकाको अधिबेशनले प्रदिप थकालीको अध्यक्षतामा मनी बिक उपाध्यक्ष, फिरोज लालचन सचिब, अमर थकाली र समबहादुर नेपाली सहसचिब, बिश्व लालचन आर्थिक बिभाग प्रमुख भएको ५६ सदस्यीय पालिका कमिटि भएको छ ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

निमा डिण्डु गुरुङको अध्यक्षतामा गठन भएको २९ सदस्यीय लोमान्थाङ गाउँपालिका कमिटिको उपाध्यक्षयमा कुङ्गा धोर्जे गुरुङ, सचिबमा राजु गुरुङ, उपसचिबमा कर्म नाम्ग्याल गुरुङ, कर्म सम्टुक गुरुङ र आर्थिक बिभाग प्रमुखमा ल्हाक्पा ओङ्दी गुरुङ चयन हुनुभएको छ ।

बारागुङ–मुक्तिक्षेत्र गाउँपालिकामा रिनजिनङ नामगेल गुरुङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा मकर बिष्ट चयन भएको नेकपा एमाले मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनले जानकारी दिनुभयो ।

केन्द्रिय सदस्य श्रीमाया थकाली, प्रदेश कमिटि सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन, जिल्ला अध्यक्ष गौचन, प्रदेशसभा सदस्य महेन्द्र थकाली, इन्द्रधारा बिष्ट, पार्टी सचिब आशबहादुर थकाली, अनेमसंघका अध्यक्ष शर्मिला गुरुङ, जिल्ला कमिटि सदस्य तिलक बिक, कार्यालय सचिब जिबन गोतामे लगायतको उपस्थितिमा पालिका अधिवेशन भएको थियो ।

२५ वटै वडामा पनि सर्बसम्मत वडा कमिटि गठन प्रदेश कमिटि सदस्य तथा प्रतिनिधीसभा सदस्य तुलाचनले बताउनुभयो । उहाँले मुस्ताङमा पार्टी बिभाजनको कुनै असर नपरेको बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...