राजनीतिलाई सेवासँग जोड्ने एमालेका नगर अध्यक्ष जिसीको प्रतिवद्धता

Gandaki Kotihome

बेनी । नेकपा एमाले बेनी नगर कमिटिका नवनिर्बाचित अध्यक्ष नारायण जिसीले राजनीतिलाई तल्लो तहका नागरिकको सेवासँग जोड्ने प्रतिवद्धता जनाउनुभएको छ ।

बुधबार सर्वसम्मत रुपमा चयन भएका पदाधीकारी र सदस्यहरुको बिहिबार हाँडेभिरमा भएको सपथप्रहण कार्यक्रममा अध्यक्ष जिसीले नागरिकको समस्या पहिचान र त्यसको समाधानमा केन्द्रित हुने प्रतिवद्धता जनाउनुभयो ।

“बेनीमा एमालेलाई बलियो र सशक्त बनाउन सेवामुलक गतिविधिलाई अगाडि बढाउने, युवालाई स्वरोजगार बन्न जागरुक बनाउने, संगठित सदस्यता बृद्धि गराउने, वडा कमिटि तथा भातृ संगठनलाई सक्रिय बनाउछु,” उहाँले भन्नुभयो “बिपतमा सहयोगी भूमिका निभाउने, तथा जिल्लाका नेता, अन्य पालिका कमिटि तथा बिपक्षी दलका समकक्षीहरु संग पनि आबश्यक समन्वय र सहकार्य गर्दै समाज परिवर्तनका लागि रचनात्मक काम गर्ने योजना कार्यान्वयन गर्न नेता, कार्यकर्ता र समाजको साथ आवश्यक छ ।”

Shreekrishna hardwear in news
Notice about ban dadalo

प्रथम नगर अधिवेशनबाट अध्यक्ष नारायण जिसी, उपाध्यक्ष लिलाराम गौतम, सचिव सुवास बिश्वकर्मा, उपसचिव हिरा बहादुर थापा, लक्ष्मण कटुवाल लगाएत ७५ सदस्यीय नगर कमिटीलाई सपथ ग्रहण गराईएको थियो ।

निर्बाचन मण्डलका संयोजक राम प्रसाद सुवेदीले नवनिर्वाचित कमिटीको नामावलि औपचारिक रुपमा घोषणा गरेपछि नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य नवराज शर्मा, जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, उपाध्यक्ष देबेन्द्र कटुवाल, सचिव बालकृष्ण सुबेदीले नयाँ कमिटिलाई बधाई दिदै बेनी नगर, पार्टी हाँक्ने मुख्य नेतृत्व भएकाले रचनात्मक कार्य गर्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रम अध्यक्ष मण्डलका सदस्य एवं बेनी नगर कमिटिका निबर्तमान संयोजक प्रमोद श्रेष्ठको अध्यक्षता र जिल्ला कमिटिका सचिवालय सदस्य सन्तोष रावलको संचालनमा सम्पन्न भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...