बिद्याज्योती माबिको नयाँ भवन निर्माण शुरु

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

मल्लाज । बिकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा बिद्याज्योति माबिको कक्षा कोठा भवन निर्माण शुरु भएको छ ।

जलजला गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बिद्याज्योती माबिको दश कोठे दुई तले भवन निर्माणका लागि बिकास बेल्जीयमले ७५ प्रतिशत र गाउँपालिकाले २५ प्रतिशत लागत साझेदारी गरेका छन् ।

रु. दुई करोड १३ लाख ९५ हजार ७६२ लागत अनुमान गरिएको भवन निर्माणका लागि कर सहित रु. एक करोड ६० लाख ७२ हजार ९७२ मा त्रिशक्ती कन्ट्रक्सन इन्जिनियरीङले ठेक्का लिएको गाउँपालिकाका इञ्जिनियर सुनिल बानियाले बताउनुभयो ।

Shreekrishna

२०७८ साउन ५ गते ठेक्का सम्झौता भएको भवन २०७९ को असार १० गते निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कुल खर्च हुने रकमको ७५ प्रतिशत बिकास बेल्जीयम र २५ प्रतिशत गाउँपालिकाले ब्यहोर्ने सम्झौता भएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

निर्माण कम्पनीका प्रतिनिधीले निर्धारित समयभित्रनै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य सहित कामलाई तिब्र बनाएको बताएका छन् । बिद्यालयका प्रअ रघु आचार्यले पुरानो भवन जिर्ण भएपछि नयाँ भवन निर्माणका लागि गाउँपालिका र बिकास बेल्जियममा डिपिआर तयार पारेर प्रस्ताव गरिएको बताउनुभयो ।

भवन योजना भित्र्याउन मल्लाजका टेकबहादुर बरुवालले पहल तथा समन्वय गर्नुभएको थियो । बरुवालले दातृ संस्थाको प्रतिनिधीको रुपमा भवन निर्माणको रेखदेख पनि गरिरहनुभएको छ । कक्षा १२ सम्मको पठनपाठन हुने बिद्यालयमा हाल २७० जना बिद्यार्थी छन् ।

बि.स. २००४ मा स्थापना भएको बिद्याज्योती धवलागिरी क्षेत्रकै पुरानो बिद्यालय मानिन्छ । नयाँ भवन निर्माण भएपछि पठनपाठन र शैक्षिक गतिबिधीमा सहज हुने शिक्षक, बिद्यार्थी र ब्यवस्थापन समितिका पदाधीकारीको अपेक्षा छ ।

बिकास बेल्जियमले यसअघि धवलागिरी गाउँपालिकाका ७ मा ताकम माविको भवन र जलजला गाउँपालिकाको कालीपुल देखि डिलफाँट हुदै मल्लाजसम्म पदमार्ग निर्माण गरेको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...