बर्षाले खेतीबालीमा पुगेको क्षतिको बिबरण संकलन गर्दै कृषि ज्ञान केन्द्र

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । कृषि ज्ञान केन्द्रले बर्षातले खेतीबालीमा पु¥याएको क्षतिको बिबरण संकलनमा जुटेको छ ।

मंगलबारदेखि क्षति बिबरण शुरु गरेका केन्द्र र स्थानीय तहका प्राबिधिकहरुको टोलीले बुधबारसम्म एकिन बिवरण ल्याइसक्ने जनाएको छ ।

केन्द्रका प्रमुख बरिष्ठ बागबानी बिकास अधिकृत किरण सिग्देलले स्थलगत निरिक्षणका साथै पालिकाका प्राबिधिकहरु मार्फत क्षतिको बिबरण संकलन भइरहेको बताउनुभयो ।

Shreekrishna

बर्षातका कारण म्याग्दीको उच्च पहाडी क्षेत्रमा भित्र्याउनका लागि काटेर खेतमा सुकाएको धान भिज्नुका साथै तल्लो क्षेत्रमा भर्खरै पसाएको र पाक्दै गरेको धानबाली हावाहुरीले ढलाएको छ ।

यसैगरी कोदो र फापरका साथै तरकारी बालीमा पनि बेमौसमी झरिले असर गरेको छ । जिल्लाभर कुन बालीमा कति क्षति भएको छ भनेर बिबरण संकलन गर्ने कार्य भइरहेको सिग्देलले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

म्याग्दीको ज्यामरुककोट, खवरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, ताकम, देबिस्थान, अर्मन, कुहुँ, घार लगायतका ठाउँमा लगाएको क्षति पुगेको किसानले बताएका छन् । पानी परेसँगै जाडो बढेको छ ।

म्याग्दीको तीन हजार ९२५ हेक्टर क्षेत्रफलमा धान खेती भएको छ । वार्षिक १३ हजार ६२६ मेट्रिक्टन धान उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । यस वर्ष बैशाख–जेठ महिनादेखिनै बर्षा भएकाले कृषकले समयमै धान रोपाइ गर्न पाएका थिए ।

नियमित बर्षा भएकाले सिचाई सहज भएको थियो । रोगकिराको समस्या नदेखिएपनि भित्र्याउदाको समय प्रतिकुल हुँदा कृषक चिन्तित भएका छन् । म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहँेले, मार्सि, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिचाई आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ ।

खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगेको छ । कृषकहरु चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढलेको छ । भित्र्याउने समयमा पानीले क्षति पु¥याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको छ ।

“धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”, उहाँले भन्नुभयो, “एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खाने हो ?”

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...