मोना मार्फत साढे दुई करोड भन्दा बढी सहयोग भित्रियो

Gandaki Kotihome

बेनी । प्रवासी म्याग्देलीहरुबाट सामाजिक कार्यका लागि रु. दुई करोड ६० लाख भन्दा बढी सहयोग भित्रिएको छ ।

रोजगार, ब्यापार, ब्यवसाय र अध्ययनको शिलशिलामा बिदेशिएकाहरुले म्याग्दी प्रवासी नेपाली संघ (मोना) मार्फत पछिल्लो दुई वर्षको अवधिमा सो सहयोग जन्मथलोमा भित्र्याएका हुन् । मोनाको मंगलबारदेखि बेनीमा शुरु भएको चौथो महाधिवेशनमा अध्यक्ष ओमनारायण जुग्जालीले सन २०१९ देखि २०२१ को हालसम्म रु. दुई करोड ६० लाख भन्दा बढी नगद तथा जिन्सी सहयोग भित्रिएको जानकारी दिनुभयो ।

“२८ वटा देशमा पुगेका म्याग्देलीहरुले पहिरो पिडितको घर पुननिर्माण, कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री र उपकरण खरिद गरेर उपलब्ध गराएका छौ,” उहाँले भन्नुभयो “प्रवासमा समस्यामा परेका म्याग्देलीहरुको उद्धारका साथै आपतकालिन कोष स्थापना गरेका छौ ।”

Upper Myagdi transmition line notice

मोनाले रु. दुई करोड जुटाएर बि.स. २०७७ को बर्खामा पहिरोले भत्काएका ४० वटा घर पुननिर्माण गरेर गत असारमा सम्बन्धित पालिका मार्फत पिडितलाई हस्तान्तरण गरेको थियो । धवलागिरीमा १४, मालिकामा १०, अन्नपूर्ण, मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकामा चार÷चार वटा तीन कोठे, शौचालय र खानेपानी सुबिधा सहितको घर बनाइदिएका हुन् ।

Annapurna aarohan ko notice

तत्कालीन अवस्थामा पहिरो प्रभावितहरुलाई २० बोरा चामल, १५०÷१५० थान पाल र कम्बल बितरण गरेको थियो । रु. बीस लाख २९ हजार ५११ जुटाएर मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेलाई साउदीको जेलमुक्त बनाई जहाज भाडाको समेत ब्यवस्था गरि घर पठाएको मोनाले बिदेशमा समस्यामा परेका म्याग्देलीलाई सघाउन स्थापना गरेको “आपतकालिन राहत कोष”मा हालसम्म रु. १६ लाख ६६ हजार २०८ संकलन भएको महासचिब बिक्रम कार्कीले जानकारी दिनुभयो ।

कतारमा निधन भएका मालिका–२ रुमका निरप्रसाद कामी, मङगल दर्जी र नेदरल्याण्डमा दिवंगत भएकी लक्ष्मी भट्टचनका परिवारलाई रु. पचास÷पचास हजारका दरले सहयोग गरेको छ । दक्षिण कोरियामा ज्यान गुमाएका तीन म्याग्देलीको दाहसंस्कारका लागि रु. पचास हजार खचए र साउदीमा रोजगारी गुमाएर समस्यामा परेका पुर्णचन्द्र जुग्जालीलाई रु. ५६ हजार ३०४ सहयोग गरेको छ ।

कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरुका लागि ७० थान थर्मल गन र एक हजार थान के.एफ ९४ मास्क बितरण गरेको मोनाले रु. १४ लाख ७९ हजार २७० जुटाएर कोरोना संक्रमितको उपचारमा प्रयोग हुने २२ थान अक्सिजन कन्टनटे«टर उपलब्ध गराएको थियो ।

हिंसा प्रभावित महिला तथा बालबालिकालाई सघाउन रु. एक करोडको अक्षयकोष स्थापना गरेको मोनाको अघिल्लो कार्यसमितिले बेनी नगरपालिका र म्याग्दी उद्योग बाणिज्य संघको लागत साझेदारीमा रु. ८० लाख लगानीमा बेनी देखि पर्यटकीय स्थल लभ्लीहिल जोड्ने पदमार्ग बनाएका र ४० वटा शैक्षिक संस्थामा बिद्युतीय पुस्तकालय स्थापना गरेका थिए ।

म्याग्दीका पर्यटकीय स्थलमा होटल, जलबिद्युत आयोजना, फलफुल र जडिबुटी खेती तथा पशुपालन ब्यवसायमा प्रवासीको लगानी भित्र्याउन ’मोना इन्भेष्टमेन्ट कम्पनी’ स्थापना गर्ने तयारी भएको मोनाका उपाध्यक्ष मिम पुर्जाले बताउनुभयो । प्रवासी म्याग्देलीहरुको अगुवाइमा मालिका गाउँपाकिलामा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलबिद्युत आयोजना निर्माणाधिन छ । रघुगंगा गाउँपालिकाको चिमखोलामा ५ मेगावाट क्षमताको मोना बगरखोला जलबिद्युत आयोजनाको बिद्युत खरिद बिक्री सम्झौताको प्रक्रियामा छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...