लक्ष्य भन्दा दुई महिनाअघिनै भवन निर्माण

Gandaki Kotihome

दाना । ढिलासुस्तिले अधिकांश बिकास योजना थला परेको अवस्थामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा लक्ष्य भन्दा दुई महिना अघिनै भवन निर्माण भएको छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माबिको छात्रावास भवन निर्माणको ठेक्का लिएका ब्यवसायीले इच्छाशक्ति हुने हो भने बिकास आयोजनामा हुने ढिलासुस्ति हटाउन सकिने सन्देश दिएका छन् ।

अन्नपूर्ण गाउँपालिकासँग बि.स.२०७७ चैतमा दुई तले दश कोठे छात्रावास भवन निर्माणका लागि सम्झौता गरेको उत्तरगंगा निर्माण सेवाले लक्ष्य भन्दा दुई महिना अघिनै काम सकेको हो । आगामी मंसिर महिनासम्म म्याद भएपनि निर्माण ब्यवसायीले भवन बनाइसकेका गाउँपालिकाका इञ्जिनियर इश्वरबहादुर भण्डारीले बताउनुभयो ।

Upper Myagdi transmition line notice

“ठेक्का सम्झौता लगत्तै फैलिएको कोरोना महामारी, निषेधाज्ञा, बर्खा शुरु भएपछिको बाढी पहिरोको असहज अवस्थाका बावजुद पनि लक्ष्य अघिनै भवन बन्यो,” उहाँले भन्नुभयो “ब्यवसायीले इच्छाशक्ति देखाउनुभयो । हामीले सहजिकरण र नियमित अनुगमन ग¥यौ ।”

Annapurna aarohan ko notice

रु. एक करोड ४८ लाख लागत अनुमान गरिएको भवन निर्माणका लागि रु. एक करोड एक लाखमा ठेक्का सम्झौता भएको थियो । निर्माण ब्यवसायी कृष्णप्रसाद बरुवालले आवश्यकता अनुसार निर्माण सामग्री, उपकरण जुटाएको, मजदुर परिचालन गरेको बताउनुभयो ।

गाउँपालिका, वडा कार्यालय र समुदाय स्तरबाट भवन निर्माणमा सहजिकरण भएकाले काम गर्न सहज भएको बरुवालले बताउनुभयो । शिक्षा, बिज्ञान, प्रबिधी मन्त्रालयको नमुना बिद्यालय कार्यक्रम अन्तरगत ज्ञानप्रकाश माबिमा पहिलो चरणमा छात्रावास भवन निर्माण भएको हो ।

निर्माण भएको छात्रावास भवन आगामी तिहारलगत्तै प्रयोगमा ल्याउने तयारी गरेको ज्ञानप्रकाश माबिका प्रधानाध्यापक शान्तबहादुर नेपालीले बताउनुभयो । “भवन बनेपछि घर टाढा भएका र बिहान बेलुकी अतिरिक्त कक्षा पढ्नुपर्ने दश कक्षाका बिद्यार्थीलाई डेरा खोज्नुपर्ने समस्या हेटेको छ,” उहाँले भन्नुभयो “छात्रावासले शैक्षिक सुधारमा सहयोग पुग्ने अपेक्षा गरेका छौ ।”

कक्षा १२ सम्म पठनपाठन हुने ज्ञानप्रकाश माबीमा यसै बर्ष राष्ट्रिय पुननिर्माण प्राधिकरणको रु. ७० लाख अनुदान सहयोगमा चार कोठे भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माण भएको छ । नमुना बिद्यालय कार्यक्रम मार्फतनै रु. ४२ लाखको लागतमा बिद्यालय परिसरमा घेराबार गर्न पक्कि पर्खाल र शौचालय निर्माण भइरहेको प्रअ नेपालीले बताउनुभयो ।

पाँच बर्षे नमुना बिद्यालय कार्यक्रम अन्तरगत रु. दश करोड लागतमा पूर्बाधार निर्माण र शैक्षिक सुधारका गतिबिधी सञ्चालन गरिने भएको छ । कक्षा ११ र १२ मा होटल ब्यवस्थापन संकायमा पठनपाठन सञ्चालन गरेको ज्ञान प्रकाश माबीमा कम्प्युटर, बिज्ञान प्रयोगशाला, पुस्तकालय छ । कक्षा ५ सम्म अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन गराइने यस बिद्यालयको आधारभूत तहको कक्षा कोठामा शैक्षिक सामग्री प्रर्दशनी गरेर पठनपाठन गर्ने बिधी अपनाइएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...