एकिकृत समाजवादी म्याग्दीले पार्टी सुदृढीकरण अभियान चलाउने

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । बेनीमा शनिबार सम्पन्न नेकपा एकीकृत समाजवादी म्याग्दीको प्रथम पूर्ण बैठकले तीन महिने पार्टी सुदृढिकरण अभियान सञ्चालन गर्ने निर्णयको साथै पालिकामा संयोजक चयन गरेको छ ।

जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले बेनी नगरपालिकामा जीवन सापकोटा, अन्नपूर्ण गाउँपालिकामा डम्बर पूर्जा, रघुगंगा गाउँपालिकामा बमबहादुर पाइजा, मंगला गाउँपालकामा रुद्र किसान, मालिका गाउँपालिकामा अनुप गौचन र धवलागिरि गाउँपालिकामा देउप्रसाद छन्त्याललाई संयोजक चयन गरेको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

त्यसैगरि सल्लाहकार समितिको सभापतिमा अमर बानियाँ, आर्थिक विभाग प्रमुखमा अनुप गौचन, महिला विभाग प्रमुखमा दुर्गा कार्की, कार्यालय सचिवमा रुद्र किसानलाई चयन गरिएको छ भने काठमाडौं सम्पर्क मञ्चको संयोजकमा हेमराज शर्मा तथा पोखरा सम्पर्क मञ्चको संयोजकमा मुक्ति पाइजालाई चयन गरिएको छ ।

Shreekrishna

त्यसैगरि बैठकले १७ सदस्यिय सचिवालय समिति समेत चयन गरेको छ । सचिवालय सदस्यहरुमा क्रमशः कृष्णकुमार विश्वकर्मा, हेमराज शर्मा, दुर्गा कार्की, जीवन सापकोटा, देवप्रसाद छन्त्याल, बमबहादुर पाइजा, डम्बर पूर्जा, रुद्र किसान, अनुप गौचन, घायलश्री, समिर गैरे, हरिकृष्ण पौडेल, फूलमाया किसान, जयन्द्र केसी, बद्री पुन, वसन्त बानियाँ, प्रदिप खत्री चयन हुनु भएको छ । यसैबिच पार्टीले बिजया दशमी, दिपावली, छट लगायतका पर्वको अवसरमा असोज २५ गते चियापान समारोह आयोजना गरेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...