मुक्तिनाथ सहकारीको ५३ करोडको कारोबार

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । बेनीमा केन्द्रिय कार्यालय रहेको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्ष २०७७÷७८ मा रु. ५३ करोड ४३ लाख बराबरको कारोबार गरेको छ ।

बेनीमा शनिबार भएको साधारणसभामा बेनीको मुख्य, घतानको नेप्टेचौर र रघुगंगाको मौवाफाँटमा सेवा केन्द्र रहेको सहकारीले गत आर्थिक वर्षमा रु.वर्षमा रु. ४३ करोड पाँच लाख ८६ हजार ९४१ लगानी हजार ९४१ लगानी, ४२ करोड ४१ लख ३३ हजार ८१६ रुपैयाँ बचत गरेको जानकारी गराइएको थियो ।

कोषाध्यक्ष चिरञ्जिबी बोगटीले ४६४ जना सदस्यको सात करोड ८१ लाख ६१ हजार २०० रुपैयाँ शेयर पुजि रहेको संस्थाले कुल कारोबारबाट ५९ लाख पाँच हजार ३४५ रुपैयाँ बचत गरेको जानकारी दिनुभयो । गण्डकी प्रदेशसभा सदस्य बिनोद केसीले उद्घाटन गर्नुभएको साधारणसभाले अध्यक्ष लिलाराम गौतम, सचिब दण्डपाणी पराजुलीको प्रगति तथा आगामी बर्षको योजना र कोषाध्यक्ष बोगटीको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

Shreekrishna

अध्यक्ष लिलाराम गौतमले शाखा बिस्तारसंगै सहकारीले रेमिटान्स, एसएमएस बैकिङ्ग सुविधा, मोवाईल रिचार्ज, विद्युत महसुल लगायतको भुक्तानी सेवाहरु थप गरेको बताउनुभयो । आगामी आर्थिक बर्षमा ६९ करोड रुपैयाँ कारोबार गर्ने लक्ष लिएको जानकारी गराउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

सहकारीमार्फत कारोबार गर्ने शेयर सदस्यलाई मुनाफाको पाचँ प्रतिशत थप गर्ने नीति लिएको छ । साधारणसभाको अवसरमा सहकारीले पत्रकार ठाकुरप्रसाद आचार्यलाई नगदसहित सम्मान गरेको थियो । उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य, कर्मचारीलाई नगदसहित सम्मान गरेको थियो ।
प्रदेश सांसद केसीले सहकारीलाई जनमुखी बनाउन संचालकलाई आग्रह गर्नुभयो । “सहकारी नीति नियमसंग रहेर कारोबार गरेमा सहकारीलाई नै फाईदा हुन्छ,” उहाँले भन्नुभयो “उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आवश्यक छ ।”

सभामा जिल्ला सहकारी संघ म्याग्दीकी सचिव ज्योती लामिछानेले एक ब्यक्ति धेरै सहकारीमा आवद्ध हुदाँ आर्थिक कारोबारमा कमी आएको बताउनुभयो । “एक ब्यक्ति एक सहकारीलाई कार्यान्वयनमा सबै सहकारीले जोड दिनुपर्ने भएको छ,” उहाँले भन्नुभयो “कृषि, दुग्ध लगायतको कारोबार गर्न सहकारी खोलेर नाफामा ध्यान केन्द्रित भयो ।”

साधारणसभामा बेनी नगरपालिका –८का वडाअध्यक्ष रामकृष्ण बराईली, सल्लाकार कोषानन्द आचार्य, मौवाफाटँ शाखाका संयोजक जयराम सुवेदी, घतान शाखाका संयोजक रुद्रबहादुर रेग्मी, बरिष्ठ सदस्य देवीकुमारी केसी, उपाध्यक्ष दण्डपाणी सापकोटा लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो । लेखा संयोजक नारायणप्रसाद सुवेदीको लेखा र शिक्षा संयोजक यामबहादुर चोखालले पनि आफ्नो नेतृत्वको समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...