बेनीमा तोरन्ल गोल्डकप शुरु

Gandaki Kotihome

बेनी । बेनीमा शुक्रबारदेखि ११ औ केन्द्रिय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा (आर्चरी) प्रतियोगिता शुरु भएको छ ।

थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको आतिथ्यतामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा देशका विभिन्न ठाउँबाट आउका १८ समूहका १२६ जना खेलाडीहरु सहभागी छन् ।

एक समूहमा एक जना बैकल्पिक सहित सात जनाले सहभागिता जनाउने यो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सबै थकाली समुदायका खेलाडीहरु हुन् । थकाली समुदायको पौराणिक तारो हान्ने खेलको संरक्षण, खेल पर्यटनको विकास र प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले उद्घाटन गर्नुभयो ।

Upper Myagdi transmition line notice

समितिले प्रत्येक तीनतीन वर्षमा तोरन्ल गोल्डकप आयोजना गर्दै आएको छ । २०७७ मा हुनेपर्ने प्रतियोगिता कोरोना भाइरसको जोखिमका कारण एक वर्ष पछि धकेलिएको थकाली सेवा समितिका अध्यक्ष सोमप्रसाद तुलाचनले बताउनुभयो ।

“दशौ पटक सम्मको प्रतियोगिता चन्दा र सहयोग जुटाएर सञ्चालन गरेका थियौ,” उहाँले भन्नुभयो “तोरन्ल गोल्डकप सञ्चालन गर्न यसपालि रु. ५१ लाखको अक्षयकोष बनाएका छौ ।” कोषमा निर्माण ब्यवसायी महासंघका तत्कालिन अध्यक्ष स्वर्गीय शरदकुमार गौचनको नाममा उहाँकी श्रीमति आशाले रु. दश लाख सहयोग गर्नुभएको छ ।

प्रतियोगिताको बिजेताले सुनको पाँच तोलाको मेडल, रनिङ शिल्ड, कप र रु. एक लाख नगद पुरस्कार पाउनेछन् । दोस्रो, तेस्रो र सान्तवना हुनेले क्रमश रु. पचास हजार, रु. पच्चिस हजार र रु.दश हजार पुरस्कार पाउने थकाली सेवा समितिका महासचिब रबिन भट्टचनले जानकारी दिनुभयो ।

Annapurna aarohan ko notice

सर्वोकृष्ट धनुषकर, बिशिष्ट धनुषकर, अनुसासीत टिम, जेष्ठ र कम उमेरका खेलाडीलाई समेत नगद तथा प्रमाणपत्र प्रदान गरिने उहाँले बताउनुभयो । प्रथम पुरस्कारको सांसद तुलाचन, दृतीयको जापानका बुद्धीप्रसाद शेरचन र तेस्रो पुरस्कार रमेश भट्टचनले प्रायोजन गरेका छन् ।

प्रतियोगिता उद्घाटन गर्नुहुदै प्रतिनिधिसभा सदस्य तुलाचनले थकाली समुदायको भाषा, कला, संस्कृति र संस्कारको संरक्षणमा जोड दिनुभयो । “थकाली समुदायको बसोबास भएको ठाउँमा समाजघर लगायत भैतिक संरचनाहरु बनाएर अन्य सामाजिक काममा पनि सहयोग पुगेको छ,” उहाँले भन्नुभयो “तर हाम्रो थकाली भाषा, फागुमा तारा खेल्दा गाउँने गित र मृत्युमा गरिने भाँक्री संस्कार हराएको छ ।”

थकाली सेवा समिति अन्तरगतका क्षेत्रीय समितिहरुले लोपोन्मुख भाषा, संस्कृति र संस्कारको संरक्षणका लागि गम्भिर भएर सोच्न तथा सरकारको ध्यानाकर्षण हुनुपर्ने तुलाचनले बताउनुभयो ।

मुस्ताङ उद्गम थलो भएका थकाली समुदायले तारो खेललाई मौलिक परम्परा मान्छन् । परापुर्व कालमा खेतीबाली लगाए र थन्काएपछि मनोरञ्जनका लागि तारो खेल्ने चलन थियो । तारो खेलमा बाँसको धनुषबाण र जरबुटाको तिर हुन्छ । करिब डेढ सय मिटर वारीपारी राखिएका दुई वटा फल्याकमा तिर हान्ने गरिन्छ ।

जुन समुहले धेरै पटक फल्याकमा तिर हान्छ उसैले प्रतियोगिता जित्ने गर्छ । फल्याकको बिचमा राखिने गोलो आकारको सानो भागमा तिर कोपेपछि खोल भएको मानिन्छ । प्रतियोगिताको उद्घाटन हुनुपुर्व थकाली समुदायको जातीय पहिचान झल्कने झाँकी र बाजागाजा सहित बेनी बजार परिक्रमा गरिएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...