बेनी अस्पतालमा प्रसुति प्रतिक्षा कक्ष

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । बेनी अस्पतालमा प्रसुति प्रतिक्षा कक्ष सञ्चालन भएको छ ।

ग्रामिण र दुर्गम क्षेत्रका साथै बाहिरी जिल्लाबाट बेनी अस्पतालमा प्रसुति सेवा लिन आउनेहरुका लागि कक्ष स्थापना भएको हो । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्बाधार निर्माण गरेर प्रसुति प्रतिक्षा कक्षको सेवा शुरु गरेको बताउनुभयो ।

“स्वास्थ्य मन्त्रालयको पचास शैया क्षमताको अस्पतालमा प्रसुति प्रतिक्षा कक्ष हुनुपर्ने मापदण्ड पुरा गर्न यो सेवा थपेका हौ,” उहाँले भन्नुभयो “गाउँको स्वास्थ्य संस्थाबाट रिफर भएर आएका सुत्केरी हुने अवस्थाका गर्भवतिहरुलाई प्रसुति भएर घर नजाँदा सम्मको लागि बसोबासको ब्यवस्था हुन्छ ।”

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

शयनकक्ष र भान्छाकोठा सहितको दुई कोठे भवनमा प्रसुति हुन आउनेहरुले आफै खानेकुराको जोहो गरेर बस्न पाउनेछन् । बजारमा आफन्तका घर नभएका र होटलमा बस्नुपर्नेहरुका लागि प्रसुति प्रतिक्षा कक्षबाट सुबिधा पुग्ने अध्यक्ष कटुवालले बताउनुभयो ।
बेनी अस्पतालमा म्याग्दीका साथै मुस्ताङ, बागलुङ र पर्वत जिल्लाबाट पनि प्रसुति सेवाका लागि आउँछन् । यहाँ शल्यक्रिया मार्फत गरिने जटिल प्रकृतिको प्रसुति सेवा उपलब्ध छ । अस्पतालका प्रमुख चिकित्सक जितेन्द्र कडेलका अनुसार गत आर्थिक वर्ष २०७७÷७८ मा १२३ वटा शल्यक्रिया मार्फत गरिने सहित ७३४ जनाले प्रसुति सेवा लिएका थिए ।

यसैगरी बेनी अस्पतालमा हिंसा प्रभावित महिला तथा बालबालिकाहरुको मनोपरामर्श र स्वास्थ्य उपचारका लागि एकद्धार संकट ब्यवस्थापन केन्द्र समेत सञ्चालन भएको छ । केन्द्रमा आउने हिंसा प्रभावित महिला तथा बालबालिकाहरुलाई आवासीय सुबिधा सहित चिकित्सकको परामर्श, स्वास्थ्य उपचार र न्यायिक प्रक्रिया अघि बढाउन सघाउने ब्यवस्था छ ।

सामाजिक बिकास मन्त्रालयको रु. १५ लाख बजेटमा प्रसुति प्रतिक्षा र एकद्धार संकट ब्यवस्थापन केन्द्रको भवन निर्माण भएको ब्यवस्थापन समितिका अध्यक्ष कटुवालले जानकारी दिनुभयो । यस्तै बालरोग कक्ष थप र साधारण उपचार कक्षको क्षमता बढाउन नयाँ भवन निर्माण भएको छ ।

प्रदेश सरकारको रु. ३५ लाख सहयोगमा प्रिप्याक प्रबिधिको भवन निर्माण गरेर क्षमता बनाउन लागिएको अस्पतालले जनाएको छ । नयाँ भवनमा छ वटा बालरोग र सात वटा साधारण शैया छन् । बालबालिकाहरुको उपचारलाई प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार छुट्टै कक्ष बनाएको अस्पतालका प्रमुख कडेलले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...