नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि राखेपको टोली म्याग्दीमा

Shreekrishna hardware

बेनी । यसै बर्ष गण्डकी प्रदेशमा सञ्चालन हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी शुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले आगामी फागुन महिनामा प्रतियोगिता सञ्चालन गर्ने तयारी सहित पूर्बाधार निर्माण, खेल प्रशिक्षण र ब्यवस्थापकीय काम शुरु गरेको जनाएको छ । परिषद्का सदस्य राजेश गुरुङले पहिलो चरणमा खेल पुर्बाधार, प्रशिक्षक, रेफ्रि लगायत जनशक्तिको अवस्थाको स्थलगत अध्ययन शुरु गरेको जानकारी दिनुभयो ।

राखेप सदस्य गुरुङ र गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष भोजबहादुर गुरुङ सहितको टोलीले मंगलबार म्याग्दी, बाग्लुङ, पर्वतका खेलमैदान र कबर्डहलहरुको निरिक्षण, जिल्ला खेलकुद बिकास समिति र खेल संघका पदाधीकारीहरुसँग छलफल गरेको छ ।

Shreekrishna

कुन जिल्लामा कुन खेल सञ्चालन गर्न उपयुक्त हुन्छ भन्ने पहिचानका लागि राष्ट्रिय रेफ्रि, खेल संघका पदाधीकारी र प्राबिधिक टोली सहित यसअघि लमजुङ, गोरखा र तनहुँमा टोलीले सम्भाब्यता अध्ययन गरिसकेको छ ।

टोलीले बेनीको कालीपुलमा रहेको बास्केटबल, खुल्लामञ्च र चुत्रेनीको खेलमैदानको निरिक्षण गरेको छ ।

प्रहरी नायब उपरिक्षक श्यामकुमार राई, शसस्त्र प्रहरी नायब उपरिक्षक हरिबहादुर गुरुङ, राष्ट्रिय अनुसन्धान कार्यालय म्याग्दीका जिल्ला अनुसन्धान अधिकृत महेश गुरुङ, जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिनेश केसी, कार्यालय प्रमुख दानबहादुर राई, प्रशिक्षक कर्ण प्रधान लगायत स्थानीय सरोकारवाला पनि अनुगमनमा सहभागि हुनुभएको थियो ।

Ban devision notice

बेनी नगरपालिका–७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, ६ का अध्यक्ष कृष्णसिंह बानिया, निर्माण ब्यवसायी महासंघ म्याग्दीका अध्यक्ष नारायण जिसीले खुल्ला मञ्च र चुत्रेनी खेलमैदानको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष केसीले म्याग्दीमा तेक्वान्दो, कराँते लगायत एथलेटिक्स बिधाका प्रतियोगिता र अन्य खेलको बन्द प्रशिक्षण सञ्चालन गर्न प्रस्ताव गर्नुभयो ।

कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण २०७७ फागुन २१ गतेदेखि सञ्चालन गर्ने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित भएको थियो । २०७८ फागुन ६ देखि १६ सम्म आयोजना गर्न खेलकुद मन्त्रालयलाई राखेपले प्रस्ताव गरेको सदस्य गुरुङले बताउनुभयो । कोरोना संक्रमणको दर घटेको, पूर्बाधार तयार भएको, कोरोना बिरुद्धको खोपको पहुँच बढेको र अर्थ मन्त्रालयले बजेटको ब्यवस्था गरेकाले फागुन महिनासम्म प्रतियोगिता गर्न सकिने उहाँको भनाई छ ।

खेलकुद मन्त्री नियुक्त हुनेबित्तिकै समय घोषणा गरेर पालिका, जिल्ला र प्रदेश स्तरीय छनौट प्रतियोगिताको काम अघि बढाउने भएकाले तयारी गर्न खेलाडीहरुलाई सदस्य गुरुङले आग्रह गर्नुभयो ।

राखेपले गण्डकी प्रदेशका ११ वटै जिल्लामा प्रतियोगिता अन्तर्गतका खेल आयोजना गर्ने योजना बनाएको छ । यद्यपि अधिकांश खेलहरू पोखरा महानगरभित्रै हुनेछन् । पौडीको पूर्बाधार तयार भएको र सुटिङ खेलका लागि पनि पूर्बाधार निर्माण प्रक्रिया अघि बढेको सदस्य गुरुङले बताउनुभयो ।

मुख्य खेलस्थलका रूपमा रहने पोखरा रंगशाला निर्माण सकिएको छ । एक हजार जना दर्शक क्षमताको रंगशालाको चारैतर्फ प्यारापिट जडान भइसकेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...