अमेरिकामा रघुनाथ सुबेदीको अध्यक्षतामा मोना गठन

Gandaki Kotihome

बेनी । अमेरिकामा बिस्तार भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना )को रघुनाथ सुबेदीको अध्यक्षतामा राष्ट्रिय कार्य समिति गठन भएको छ ।

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्समा सेप्टेम्बर २६ का आइतबारका दिन आयोजित कार्यक्रममा अमेरिकामा विधिवत रुपमा मोना स्थापना गरेर कार्यसमिति गठन भएको हो ।

धवलागिरी गाउँपालिका–७ ताकममा जन्मनुभएका सुबेदीको अध्यक्षतामा चयन भएको मोना अमेरिकाको बरिष्ठ उपाध्यक्षमा दिनेश कार्की, उपाध्यक्षमा बिराट श्रेष्ठ, सुनिल सिके, बिकास छन्त्याल, हिमाल पौडेल, राजेन्द्र केसी, महासचिवमा शुभाष भण्डारी, सहसचिबमा प्रेम सुबेदी र किसोर केसी चयन हुनुभएको छ ।

Upper Myagdi transmition line notice

रक्षा बानिया केसी कोषाध्यक्ष र सञ्जिब बानिया सहकोषाध्यक्ष चयन हुनुभएको छ । राहुल केसी सांस्कृति संयोजक चयन हुनुभएको छ । होमनाथ सुबेदी, बिजय रेग्मी , जनक राना, अमर भण्डारी, कृष घिमिरे, राम भण्डारी, भिम रेग्मी, मोहन थापा, गोपाल बिश्वकर्मा, टिका पुन, राजेन्द्र शेरचन र खेम भट्टचनलाई सल्लाहकारमा चयन गरिएको छ ।

बिदेशमा रहेका म्याग्दीवासीहरुको पहल र म्याग्दी जिल्लालाई केही सहयोग गर्ने पवित्र उद्धेश्यसाथ स्थापना भएको मोनाले हालै २ करोड संकलन गरि म्याग्दीका पहिरो पिडितका ४० वटा घरहरु निर्माण गरेको छ ।

अमेरिकामा विधिवत रुपमा स्थापना भएता पनि हाल तदर्थ समिति निर्माण भएको र दुई बर्ष भित्र यसको बिधान समेत लेखिने छ । उक्त कार्यक्रममा म्याग्दीघर भै हाल अमेरिकामा विभिन्न राज्यहरुमा रहेका म्याग्दीवासीहरु मध्ये अन्तर्राष्ट्रिय मोनाका उपाध्यक्ष अम्मर छन्त्यालको लगायतको बिशेष जोड र पहलमा अमेरिकामा मोना स्थापना हुन् सफल भएको छ ।

Annapurna aarohan ko notice

लामो समय देखि मोना स्थापना गर्ने प्रयास रहेका पनि अन्तत्वगत्वा सेप्टेम्बर २६ का दिन साइत जुरेको छ । अधिकांश वक्ताहरुले म्याग्दी समाज रहेको अवस्थामा अमेरिकामा मोनाका स्थापना जरुरत र आवश्यक नभएको भनि विभिन्न राज्यमा बसोबास गर्ने म्याग्दीवासीले फरक मत समेत राखेको मन्तब्यमा राखेका थिए ।

कार्यक्रममा मोनाका अन्तर्राष्ट्रिय अध्यक्ष ओमनारायण जुग्जाली लगायतले जुम मार्फत आफ्ना केही धारणा, मोनाको बारेमा संक्षिप्त ब्याख्या तथा केही महत्वपूर्ण कुराहरु जानकारी गराउनुभएको थियो ।

अन्तर्राष्ट्रिय मोनाका उपाध्यक्ष अम्मर छन्त्यालले मोना स्थापना गर्दा केही गुनासा पनि आएको सन्दर्भ ल्याउदै अब हामीले फुटेर हैन जुटेर काम गर्नु पर्ने र मोना स्थापना गर्दा ६ बर्ष बिताएको तितो अनुभव रहेको जनाउनुभयो ।

अध्यक्ष पदमा निर्वाचित भएका रघु सुवेदीले अमेरिकाका म्याग्दीवासीले दुख नपाउने प्रतिबद्धता गर्दै म्याग्दीमा मानसिक स्वास्थ्य सम्बन्धि उपचार केन्द्र स्थापना गर्ने इच्छा रहेको बताउनुभयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय मोनाका सदस्य इन्द्र थापाले स्वागत मन्तब्य राखेका थिए मोनाको स्थापना भएकोमा आफूले सकारात्मक लिएको बताउनुभयो । म्याग्दी समाज युएसएका संस्थापक सदस्य भिम रेग्मी निर्वाचन मण्डलका संयोजक हुनहुुन्थ्यो ।

निर्वाचन संयोजक रहेकोले उहाँले नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र समेत हस्तान्तरण गर्नुभएको थियो । रेग्मीले सबै कार्यकारी समिति निर्विरोध रुपमा निर्वाचित भएको घोषणा गर्दै सबैको नाम पढेर सुनाउनुभयो ।

यसै गरि बिशेष अतिथि रहेका अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले पनि नव निर्वाचित समितीलाई बधाई दिनुभयो । उहाले अनेसास स्थापना हुँदा पनि केही आरोप र प्रत्यारोप लागेको उल्लेख गर्नुभयो । स्थापना हुँदा हर्ष व्यक्त गर्दै मोनाले म्याग्दीमा आपतबिपत परेको अवस्थामा ठुलो काम गरेको स्मरण गर्दै अझ जिल्लालाई ठुलो मद्धत गर्ने कुरामा आफू बिस्वस्त भएको बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...