धौलागिरि खबर

धवलागिरी गाउपालिकाको कार्यालय भवन निर्माण

मुनामा निर्माण भएको धवलागिरी गाउपालिकाको चार कोठे नया भवन । तस्बिर धौलागिरि खबर

मुना, १२ जेठ ः म्याग्दीको मुनामा कोरोना (भाइरस) रोकथामका लागि जारी बन्दाबन्दीकै अवधिमा धवलागिरी गाउपालिकाको कार्यालय भवन निर्माण सकिएको छ ।

मुना स्थित धवलागिरी गाउपालिका कार्यालय परिसरमा थप चार कोठे भवन निर्माणको काम सकिएको हो । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७६÷७७ मा बिनियोजन भएको रु. बिस लाख बजेटबाट उपभोक्ता समिति मार्फत भवन निर्माण गरिएको इञ्जिनियर सोबिन जिसीले जानकारी दिनुभयो ।

Rara Auto Mobiels

“फागुनमा काम सुरु गरेका उपभोक्ता समितिले लकडाउनकै समयमा स्थानीय मजदुर परिचालन गरेर भवन तयार पारेका छन्,” उहाँले भन्नुभयो “झ्याल, ढोका, फर्नीचर र विद्युत जडान गरेपछि भवन प्रयोगमा ल्याउने तयारीमा छौ ।”

तत्कालीन मुना गाबिसको भवनमा स्थापना गरिएको गाउपालिकाको कार्यालय सञ्चालन गर्न पदाधीकारी तथा विभिन्न शाखाका कर्मचारीका लागि आवश्यक कार्यकक्ष अभाव भएपछि नयाँ भवन बनाइएको हो । यसअघि चार कोठे भवनमा तला थपेर बारेर बनाइएको कार्यकक्ष साघुरो छ ।
सेवाग्राहीको चाप हुदा साघुरो कार्यकक्षमा बसेर काम गर्न कर्मचारीलाई समस्या भएको छ । धवलागिरी गाउपालिकाको प्रशासनिक भवन मुनामा छ । शिक्षा शाखा शिवाङ, स्वास्थ्य, कृषि र पशु सेवाको शाखा कार्यालय ताकममा राखिएको छ ।

केन्द्र बिवादका कारण छरिएर कार्यालय राख्दा सेवाग्राही र कर्मचारीलाई समस्या भएको छ । यसैगरी धवलागिरी गाउपालिकाको मुनामा स्वास्थ्य चौकी र शिवाङमा हेम नमुना आवासीय माविको छात्रावास भवन निर्माणका लागि ठेक्का प्रक्रिया सकिएको छ ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...