धौलागिरि खबर

कालीपुलको उकालोमा सडक ढलान र नाली निर्माण सुरु

Hariyali Groups Pvt Ltd
कालीपुलको उकालोमा नाली निर्माण गरिदै । तस्बिर धौलागिरि खबर

बेनी, ११ जेठ । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल देखि अस्पताल चोक जोड्ने उकालो सडकमा ढलान र नाली निर्माण सुरु भएको छ ।

बेनी नगरपालिकाले जिर्ण बनेको व्यस्त सडकमा लकडाउनमा सवारीको चाप कम भएको समय पारेर ढलान र नाली निर्माण सुरु गरेको हो ।

Rara Auto Mobiels

सडक बोर्डले पठाएको ३३ लाख रुपैयाँ बजेटबाट सडक र नाली निर्माण सुरु गरेको उपभोक्ता समितिका अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो । योजनामा ३३ प्रतिशत बेनी नगरपालिका र १५ प्रतिशत उपभोक्ताको योगदान रहने जनाइएको छ ।

Chadani auto head

८२ मिटर सडक ढलान र त्यतीनै दुरिमा नाली निर्माण गर्न लागिएको हो । यो कालीपुल हुदै बेनी बजार छिर्ने सडक हो । यसअघि गरिएको ढलान र नाली भत्किन थालेकाले नयाँ निर्माण गर्न लागिएको बेनी नगरपालिका ८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले बताउनुभयो ।

आठ देखि १३ मिटर सम्म चौडाईमा सडक ढलान गरिनेछ् । सडक र नाली निर्माण भएपछि बजार छिर्ने सवारी साधनहरुलाई सहज हुनुका साथै अर्थुङ्गे तर्फबाट आउने बाढी नालीभित्रबाटै बगेर बजारमा क्षति नपुग्ने उहाँले बताउनुभयो ।

गत हप्तादेखि उपभोक्ता समितिले काम सुरु गरेका थिए । असार महिना भित्रनै काम सक्ने लक्ष्य राखिएको छ । कोरोनाको त्रासका बीच स्थानीय मजदुर परिचालन गरेर सतर्कता अपनाएर काम गरिएको उपभोक्ता समितिले जनाएको छ ।

यसअघि सडकमा गरिएको ढलान भत्काउदा कालीपुलको २१ घरधुरीमा वितरण गरिएको खानेपानी अवरुद्ध भएको छ । चुडिएको पाइप पुन मर्मतमा उपभोक्ता समिति र बेनी खानेपानी उपभोक्ता संस्थाबीच बिवाद भएको थियो ।

आइतबार उपभोक्ता समिति र संस्थाका पदाधीकारीहरुबीच उपभोक्ता समितिले पाइप मर्मत गरेर अस्थाई रुपमा खानेपानी सूचारु गराउने सहमति भएको छ । सहमति लगत्तै खानेपानी संस्थाका कर्मचारीले पाइप जोडेर खानेपानी सूचारु गराएका छन् ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...