धौलागिरि खबर

म्याग्दीका उच्‍च पहाडी भेकमा हिमपात

बेनी : म्याग्दीको पहाडी बस्तीमा शुक्रबार बिहानदेखि हिमपात सुरु भएको छ । बिहीबार अपराहन्नदेखिको वर्षा र हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मंगलाको टोड्ने, झाँक्रीपानी, रघुगंगा गाउँपालिकाको रुइसे, भगवती, कुइनेमंगले, अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, चित्रे, राम्चेलगायतका बस्तीमा हिउँ परेको छ। 

पर्यटकीयस्थल घोडेपानीमा डेढ फिटभन्दा बाक्लो हिउँ जमेको स्थानीय टेकसर बुद्धुजाले बताए । चिसोले सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । गुर्जामा हिमपात भएपछि सर्वसाधारण आगो तापेर घरभित्रै बसेका वडा अध्यक्ष झक छन्त्यालले बताए । 

यो वर्ष म्याग्दीमा दोस्रो पटक हिउँ परेको हो । मंसिर अन्तिम साता पनि हिउँ परेको थियो । वर्षा र हिमपातले कृषकमा भने खुसीयाली छाएको छ । वर्षाभएपछि सिचाइं हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने कृषि प्राविधिकले बताउँछन्।

Rara Auto Mobiels

गहुँ, जौ, उवा, केराउ, आलुलगायत हिउँदेबालीका लागि वर्षा र हिउँले राम्रो गरेको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए । 

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...