रघुगंगामा पहिलो पटक डाक्टर पुगे

Gandaki Pardesh notice

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकामा गाउँमै बसेर नियमित सेवा दिने गरि पहिलो पटक डाक्टर पुगेका छन् ।

पिप्लेमा स्थापना गरिएको कोरोना अस्पतालमा गाउँपालिकामै पहिलो पटक डाक्टर पुगेका हुन् । डाक्टर सन्तोषकुमार बोहोरालाई गाउँपालिकाले हालै कोरोना अस्पतालको चिकित्सकको रुपमा नियुक्त गरेको थियो ।

गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक टिकाबहादुर शाहीले गाउँमै बसेर सेवा दिने गरि पालिकामै पहिलो पटक चिकित्सक आएका बताउनुभयो । पहिलो पटक गाउँपालिकामा डाक्टर आएकोमा स्थानीयबासी खुसी भएका छन् ।

Shreekrishna hardwear in news

गाउँपालिकाले पिप्ले स्वास्थ्य चौकीको भवनमा स्थापना गरेको अस्थाई कोरोना अस्पतालमा एक जना चिकित्सक, दुई जना नर्स र एक जना कार्यालय सहयोगी नियुक्त गरेको छ । कोरोनाका बिरामी नभएकाले चिकित्सक र नर्सलाई परिचालन गरेर स्वास्थ्य शिक्षा प्रर्वद्धन कार्यक्रम सञ्चालन गरिएको संयोजक शाहीले जानकारी दिनुभयो ।

बिद्यालय र समुदायमा पुगेर कोरोना (भाइरस), नसर्ने रोग र प्राथमिक उपचार बिधीको बिषयमा सन्देशमुलक कार्यक्रम सञ्चालन गरिएको छ । बेग, भगवति र पिप्लेका ४ वटा माध्यमिक बिद्यालयमा कार्यक्रम सम्पन्न भएको छ ।

Bhautik ministry notice about road

सबै वडामा चिकित्सकको उपस्थितिमा स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी बितरणको सेवा सहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी भएको छ । वडाका जनप्रतिनिधि, युवा क्लव, आमा समूहसँग सहकार्य गरेर शिविर र जनचेतनामुलक कार्यक्रम गर्न लागिएको हो ।

कोरोना अस्पताल सञ्चालन गर्न यसअघि मालिका, धवलागिरी र अन्नपूर्ण गाउँपालिकाले डाक्टर नियुक्त गरेका थिए । मंगला गाउँपालिकाले स्टाफ नर्स नियुक्त गरेपनि डाक्टर पाएको छैन् । कोरोना अस्पताल स्थापना र सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै पालिकालाई रु. १० लाख बजेट पठाएको थियो ।

आवश्यक मेडिकल बेड, बिस्तारा, अक्सिजन लगायतका औजार र औषधीको समेत ब्यवस्था गरिएको छ । रु.४ लाख ५० हजार तलब, रु. ५० हजार औषधि र रु. ५ लाखको बेडसहितका सामग्री किन्न शिर्षक तोकेर बजेट पठाएको हो ।

यसैगरी रघुगंगा गाउँपालिकाले बेनी अस्पताल परिसरमा नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले सञ्चालन गरेको रक्तसञ्चार गृहमा पालिकाबासीलाई निशूल्क रक्तपरिक्षणको ब्यवस्था मिलाएको छ ।

रघुगंगा गाउँपालिकाका बासिन्दाले रगत परिक्षण गर्दा लाग्ने शूल्क पालिकाले भुक्तानी गरिदिने ब्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताउनुभयो । जसका लागि रेडक्रस सोसाइटीलाई पालिकाले रु. एक लाख उपलब्ध गराएको छ ।

यसैगरी रक्तअल्पताको समस्या कम गर्न म्याग्दीका सबै स्थानीय तहहरुमा बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तरगत १० देखि १९ वर्ष उमेर किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउने अभियान चलिरहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...