जलजलाको भवन निर्माणको लागि जग्गा पहिचान

Sinchai Khanipani notice

बेनी । पर्वतको जलजला गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा पहिचान भएको छ ।

लामाखेतमा आइतबार सम्पन्न नवौ गाउँसभाले हाल भाडाको घरमा कार्यालय रहेको ठाउँभन्दा करिब १५० मिटर माथि करिब ११ रोपनी जग्गा प्राप्त गर्ने निर्णय गरेको हो । प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्त गर्ने प्रक्रियाका लागि कार्यपालिका बैठकले अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)लाई जिम्मेवारी दिएको थियो ।

करिब ८ रोपनी जग्गा खरिद गर्ने र ३ रोपनी जग्गा निशूल्क प्राप्त गर्ने गरि प्रक्रिया अघि बढाउने गाउँसभाले सर्वसम्मत निर्णय गरेको हो । जलजला गाउँपालिकाको कार्यालय हाल वडा न. ४ को लामाखेत मा रहेको छ । घरभाडामा लिएर कार्यालय सञ्चालन गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गाउँसभाले गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्नका लागि प्रक्रिया अघि बढाउने समेत निर्णय गरेको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ मा बिभिन्न योजनाहरुका लागि बिनियोजन भएको बजेट रकमान्तर तथा संसोधन, योजना तथा कार्यक्रम फरफारक तथा अनुमोदन गरेको छ ।

घरनक्सा अभिलेखिकरणका लागि राजस्वका दरमा परिवर्तन गर्ने, घरनक्सा पासका लागि गाउँपालिका भित्रका सडकमा मापदण्ड परिवर्तन गर्ने र आगामी शैक्षिक सत्रदेखि सामुदायिक बिद्यालयलाई मर्ज गर्ने नीति लिने निर्णय समेत भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...