लोक गायिका थापा पुरस्कृत

Gandaki Pardesh notice

बेनी । म्याग्दीकी लोक गायिका धनकुमारी थापा स्वर्गीय नरबहादुर परियार स्मृति पुरस्कार २०७७ बाट पुरस्कृत हुनुभएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको एक समारोहमा थापालाई सात हजार सात सय रुपैयाँ नगद सहितको पुरस्कार प्रदान गरिएको हो ।

Bhautik ministry notice about road

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले नगद पुरस्कार र प्रशंसापत्र प्रदान गर्नुभएको थियो । यसैगरी नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई स्वर्गीय तिर्थसागर सुबेदी स्मृति पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृत गरिएको थियो ।

Shreekrishna hardwear in news

स्वर्गीय कलाकार नरबहादुर परियारका परिवारले उहाँको स्मृतिमा स्थापना गरेको अक्षयकोषबाट हरेक बर्ष एक जना गण्डकी प्रदेशका लोक कलाकारलाई पुरस्कृत गरिदै आएको छ । म्याग्दी चिमखोलामा जन्मनुभएकी थापा ठाडोभाका, थाली नाच, यानीमाया जस्ता मौलिक गितको सर्जक र गायिका हुनुहुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...