प्रचण्ड नेपाल पक्षको नगर स्तरीय अगुवा कार्यकर्ता भेला

khali

बेनी,। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले सोमबार बेनीमा नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

मंगला, मालिका र धवलागिरि गाउँपलिकामा भेला तथा पशिक्षण सम्पन्न गरेको समुहले सोमबार बेनीमा नगरपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा पशिक्षण सम्पन्न गरेको हो ।

नेकपा बेनी नगरपालिकाका अध्यक्ष सेरबहादुर केसीको अध्यक्षता भएको भेलालाई सम्वोधन गर्दै जिल्ला अध्यक्ष गोविन्द पौडेलले ओलीको असंवैधानिक कदमले देशमा राजनीतिक संकट निम्ताउन खोजेको बताउँदै प्रतिगामी कदमको सशक्त प्रतिरोध गर्न आग्रह गर्नुभयोे ।

Shreekrishna hardwear in news
khali

म्याग्दी परिर्वतनकारीहरुको पक्ष सधै अग्रपँक्तिमा रहेको उल्लेख गर्दै उनले सत्ताको स्वादमा रमाएकाहरुले मात्र ओलीको असंवैधानिक कदमलाई समर्थन गरेको बताउनुभयो । दुई तिहाइ बहुमतबाट निर्वाचित प्रधानमन्त्रीले संसद भंग गर्नु संविधान विपरित, अलोकतान्त्रीक र निरंकुशता भएको बताउँदै ओलीले जंगबहादुरको अर्को संस्करणको तानाशाह चलाउन खोजेको अध्यक्ष पौडेलले बताउनुभयो ।

नेकपा गण्डकी प्रदेश कमिटी सदस्य मुना बानियाँ र जिल्ला कार्यालय सदस्य बालकृष्ण सुवेदीले मुलुकलाई ओलीको कदमले मुलुकलाई पछि धेकेलको कारण मुलुकलाई संकटमा बाहिर ल्याउन संसद पुर्नस्थापनाको मागलाई बुलन्द गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला सदस्य कृष्णकुमार विश्वकर्माले देशलाई नै पछि धकेल्ने प्रधानमन्त्री ओलीको प्रतिगामी कार्यहरुलाई विवेक बन्धक राखेर स्विकार गर्न नहुने बताउनुभयो ।

पार्टीमा विवाद र बहस हुने स्वभाविक कुराहरुलाई आत्मसाथ नगरिकन प्रतिगमन रुचाउनेहरुको भीड बनाएर पार्टी र देशलाई ओलीले धोका दिएको आरोप लगाउनुभयो । जिल्ला सदस्य ज्योती लामिछानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन नगर कमिटी कार्यालय सदस्य ज्ञानेन्द्र सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...