पुनःएकतामा जुट्न नेकपाका नेताहरुलाई घार गाउँ कमिटिको आग्रह

Gandaki Pardesh notice

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अन्नपूर्ण गाउँपालिका–६ घारको गाउँ संगठन कमिटिले संसद बिघटन र पार्टीमा देखिएको बिवादले मर्माहत बनाएको प्रतिक्रिया दिएको छ ।

कमिटिको अध्यक्ष रामचन्द्र भण्डारी र सचिव टिकबहादुर बरुवालले एक बिज्ञप्ति जारी गरेर जनताले दिएको विश्वासको मतको कदर गर्दै शक्ति सन्तुलनका साथ बिकास निर्माणमा लाग्नुपर्ने अवस्थामा देखिएको ध्रुबिकरणले मतदाता र कार्यकर्ताको तर्फबाट दुख व्यक्त गर्नुभएको छ ।

Bhautik ministry notice about road

पुष १३ गते भएको घारका नेकपाका कार्यकर्ता र शुभचिन्तकहरुको भेलाले केन्द्र, प्रदेश तथा जिल्ला तहदेखि स्पष्ट राजनैतिक अवस्था नआउँदाको समयसम्म कुनै गुट, राजनैतिक धारका भेला, कार्यक्रम र प्रशिक्षणमा सहभागि नहुने र एकताको पक्षमा उभिने निर्णय गरेका छन् ।

Shreekrishna hardwear in news

कमजोरी सच्चाएर जनयुद्ध, जनआन्दोलन र कम्युनिष्ट आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्न पुन एकजुट भएर लाग्न वडा कमिटिले केन्द्र, जिल्ला र प्रदेश स्तरका नेताहरुलाई आग्रह गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...