दाना–खुर्कोट प्रशारण लाइनको सबै टावर ठडिए

Health and samajik ministry notice

पोखरेबगर, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना देखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको बिद्युत प्रशारण लाइन आयोजनाको सबै टावर निर्माण सकिएको छ । प्रशारण लाइनको तार तान्ने र सबस्टेशनमा जडान गरिएका उपकरणको परिक्षण अन्तिम चरणमा पुगेको छ ।

नेपाल बिद्युत प्राधिकरणले कालीगण्डकी कोरीडोर आयोजना अन्तरगत दाना र खुर्कोटमा सब स्टेशनका साथै प्रशारण लाइन निर्माणको काम अन्तिम चरणमा पु¥याएको हो । आयोजना प्रमुख चन्दनकुमार घोषले ११० वटा मध्य सबै टावर निर्माण भइसकेको जानकारी दिनुभयो ।

“टावर ठडाउने, तार तान्ने र सबस्टेशनको उपकरण जडान गरिएको छ,” उहाँले भन्नुभयो “फिनिसिङ र परिक्षण सकेपछि एक हप्ताभित्र प्रशारण लाइन र सबस्टेशन सञ्चालन गर्न सकिन्छ ।” दाना देखि खुर्कोट सम्म करिब ३९ किलोमिटर दुरीको प्रशारण लाइन निर्माण भएको हो ।

Shreekrishna hardwear in news

म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादीत बिजुली केन्द्रिय ग्रिडमा जोड्न एशियाली विकास बैङ्कको सहयोगमा प्रशारण लाइनका साथै दाना र खुर्कोटमा सब स्टेशन निर्माण भएको हो ।

Bhautik ministry notice about road

प्रशारण लाइन र सबस्टेशन बनाउन सन् २०१६ मा रु. दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो । २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना दुई वर्ष वर्ष ढिला गरि सकिन लागेको हो ।

पोखरेबगर क्षेत्रमा जग्गाधनीसंगको बिवाद र वन क्षेत्रको जग्गा प्राप्तिमा भएको ढिलाइले आयोजना निर्माण दुई वर्ष पछि ढकेलिएको हो । धेरै समयको प्रयासमा पोखरेबगरको बिवाद समाधान गरेर आयोजना निर्माण गर्ने वातावरण बनाएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो ।

आयोजना निर्माणसँगै ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला, ५ मेगावाटको घलेम्दीखोला र १३.६ मेगावाट क्षमताको थापाखोला जलबिद्युत आयोजनाको बिद्युत केन्द्रीय लाइनमा जोडिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । थापाखोला र घलेम्दी यसअघिनै निर्माण सम्पन्न भएपनि प्रशारण लाइनको अभावमा पुर्ण क्षमतामा सञ्चालन हुन सकेका थिएनन् ।

निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्रिखोला जलबिद्युत आयोजनाले प्रशारण लाइन र सबस्टेशनसँगै सञ्चालन गर्ने तयारीमा छ । प्रशारण लाइन र सबस्टेशन बनेपछि अनुमति लिएर बसेका अन्य आयाजनाले पनि गति लिने अध्यक्ष पुनले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...