बेनीमा थप दुई जनामा कोरोना पुष्टि

Sinchai Khanipani notice

बेनी। म्याग्दीको बेनीमा शनिबार थप दुई जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ ।

Bhautik ministry notice about road

बेनी नगरपालिका ७ का ४५ वर्षीया महिला र ठेगाना नखुलेका वर्ष ४७ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । पुरुषको क्षयरोग उपचार केन्द्र र महिलाको लाईफ केयर एण्ड डायनोस्टिक प्रा.लीको प्रयोगशालामा पिसिआर परिक्षण गरिएको थियो ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उनिहरुमा कोरोना पुष्टि भएको हो । ठेगाना नखुलेका संक्रमित पुरुष सुरक्षाकर्मी भएको बुझिएको हो । म्याग्दीमा पछिल्लो केही समययता समुदायका व्यक्तिहरुमा कोरोना पुष्टि हुने क्रम बढेको छ । अधिकांश संक्रमित लक्षण सहितका भेटिन थालेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...