स्वास्थ्य इकाइले दुर्गममा स्वास्थ्य सेवामा पहुँच बढ्यो (भिडियो रिपोर्ट सहित)

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरका नरप्रसाद पुन बिरामी हुँदा पुरै दिन हिदेर मुदी स्थित स्वास्थ्य चौकीमा पुग्नुपर्ने समस्या हटेकोमा खुसी हुनुहुन्छ । गाउँपालिकाले भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने बगरमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेपछि ६० घरधुरीका बासिन्दा लाभान्वित भएका छन् ।

“वडा स्तरको स्वास्थ्य चौकी भएको मुदी पुग्न बगरबाट पुरै दिन भिर र जंगलको बाटो हिड्नु पर्ने भएकाले पिडा सहेर, रोग पालेर बस्नुपरेको थियो,” पुनले भन्नुभयो “स्वास्थ्य इकाइ खुलेपछि समयमै सहज रुपमा स्वास्थ्य सेवा पाएका छौ ।” बगर लगायत म्याग्दीका दुर्गम र बिकट बस्तीमा स्थानीय तहहरुले स्थापना र सञ्चालन गरेका सामुदायिक स्वास्थ्य इकाइ प्रभावकारी भएका छन् ।

वडा स्तरमा रहेको स्वास्थ्य संस्थामा पुगेर आधारभूत सेवा सुबिधा लिन नसकेका दुर्गमका नागरिक समक्ष स्वास्थ्य सेवाको पहुँच बढाउन सामुदायिक स्वास्थ्य इकाई प्रभावकारी बनेका हुन् । पायक पर्ने ठाउँमा स्वास्थ्य इकाई स्थापना भएपछि सामान्य बिरामी पर्दा समेत तीन चार घण्टा देखि पुरै दिन हिडेर स्वास्थ्य चौकीमा पुग्नुपर्ने बाध्यता हटेको छ ।

Shreekrishna hardwear in news

गाउँमै नियमित स्वास्थ्य परिक्षण र औषधि पाएपछि दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच बढेको धवलागिरी गाउँपालिका–४ खिवाङकी चनमाया घर्तीले बताउनुभयो । ७ वटा वडा रहेको धवलागिरी गाउँपालिकाले खिवाङ, आरबाङ र बगरमा तीन वटा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन गरेको छ ।

Bhautik ministry notice about road

मालिका गाउँपालिकाले रुमको पात्लेखर्क र डाडागाउँ, मंगला गाउँपालिकाले हिदी र बुकेनीमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरेका छन् । सिंगा, थाकनपोखरी र फुर्केसल्लामा सहरी स्वास्थ्य केन्द्र सञ्चालन गरेको बेनी नगरपालिकाले वडा न. ७ मा अर्को केन्द्र स्थापनाको तयारी गरेको छ ।

रघुगंगा गाउँपालिकाले ७ वटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरेको अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । “बादुक, राममन्दिर, मौवाफाँट, दर्मीजा, रायखोर, पात्लेखर्क र कुइनेखानीमा स्वास्थ्य इकाई स्थापना भएको छ,” उहाँले भन्नुभयो “सबै स्वास्थ्य इकाई स्थापनाका लागि रु. पाँच÷पाँच लाखमा भवन बनाएका छौ ।” औजार, उपकरण र औषधीका सार्थै स्वास्थ्यकर्मी ब्यवस्थापन गरिएको छ ।

इकाइमा एक जना अहेव र एक जना कार्यालय सहयोगी खटाइएको छ । इकाइबाट स्वास्थ्य परिक्षण, निशूल्क औषधी बितरण, परामर्श, गर्भ परिक्षण, खोप लगायतका सेवा दिने गरेको दर्मिजा सामुदायिक स्वास्थ्य इकाइका अहेब बिना पाइजाले बताउनुभयो । “हामीले नसक्ने बिरामीलाई स्वास्थ्य चौकी र जिल्ला अस्पताल रिफर गर्छौ,” उहाँले भन्नुभयो “आधारभूत तहको सेवा र परामर्श हामीबाटै हुन्छ ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...