राखुकी मृगौला पिडित चनमाया मगरद्धारा सहयोगको याचना

Sinchai Khanipani notice

बेनी। मृगौला सम्बन्धी रोगबाट थलिएकी म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी एक महिलाले सहयोगको याचना गर्नुभएको छ ।

पिप्लेको तुसारेपानीकी ५५ बर्षीया चनमाया मगरको मृगौला फेल भएपछि उपचारमा आर्थिक अभाव भएको हो । उहाँको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचारमा आर्थिक समस्या देखिएपछि सहयोगको अपिल गर्नुभएको हो ।

परिवारको कमजोर आर्थिक अवस्था भएकी मगरको उपचारका लागि परिवारका सदस्य र आफन्तले सहयोग गर्न नसक्ने भएपछि समस्या परेको छ । अस्पतालमा नियमित डाईलासिस सहित अन्य औषधी लगायतका खर्चमा समस्या भएको मगरले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

‘मलाई रोग लाग्दा परिवारबाटै साथ दिने कोही छैन,’् मगरले भन्नुभयो ‘थप उपचारमा आर्थिक जुटाउन नसकेर अहिले घरमा आएर बसेको छु ।’ उनका परिवार खेतिकिसानी र ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका छन् ।

हाल नियमित डायलाइसिस र भविस्यमा प्रत्यारोपण सहित औषधिका लागि खर्च जुटाउन सकेमा नयाँ जिबन पाउने उहाँको आशा छ । मृगौला प्रत्यारोपण तथा डायलासिस गर्नुपर्ने चिकित्सकले बताएपछि चैत यता ६ लाख खर्च भइसकेको छ । उहाँकोे उपचारमा आफन्तले सहयोग गरेका छन् ।
राखुबाट स्वदेश तथा विदेशमा रहेकाहरुलाई सहयोग जुटाउन अपिल गरेका छन् । सिटिजन्स बैंकको बेनी शाखामा चनमाया मगरको नाममा ०१८०१००००१०५३०३५ को खाता खोलेर सहयोगको अपिल गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...