सशस्त्रको गोटाखोर टोलीले म्याग्दी नदीमा बेपत्ताको शव भेटायो

Gandaki Pardesh notice

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–५ स्थित म्याग्दी नदीमा डुबेका एक किशोरको तीन दिनपछि शव फेला परेको छ ।

Bhautik ministry notice about road

सशस्त्र प्रहरीको गोटाखोर टोलीले नदीमा डुबेर बेपत्ता भएका मंगला–५ टिकावाङका १६ वर्षीय शंकर बिकको शव बुधबार बिहान फेला पारेको हो । पोखरा स्थित कालीका गणबाट आएको गोटाखोर टोलीले १२–१५ फिट गहिरो तलाउबाट बिकको शव निकालेको सशस्त्र प्रहरी बल आश्रित गुल्म म्याग्दीका प्रहरी नायब उपरिक्षक हरिबहादुर गुरुङले बताउनुभयो ।

छिसबाङ स्थित म्याग्दी नदीमा सोमबार पौडी खेल्ने क्रममा बिक बेपत्ता भएका थिए । प्रहरी र स्थानीयले खोजी गर्दा नभेटिएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालय मार्फत गोटाखोर टोली मगाइएको थियो । गृह मन्त्रालयसँग समन्वय गरि मगाइएको गोटाखोर टोलीले नदीको दहमा डुबेको अवस्थामा बेपत्ताको शव फेला पारेको प्रजिअ उमाकान्त अधिकारीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...