रघुगंगामा बाहिरबाट मजदुर नल्याउन र पर्यटकीय स्थल भ्रमणमा नआउन आग्रह

Gandaki Pardesh notice

मौवाफाँटमा १० शैया क्षमताको अस्पताल बनाउने निर्णय

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले बाहिरबाट मजदुर नल्याउन र पर्यटकीय स्थलको भ्रमणमा नआउन आग्रह गरेको छ ।

गाउँपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरस फैलिन नदिन भन्दै यस्तो निर्णय भएको जनाएको हो । समुदाय स्तरमा कोरोना फैलिएका जिल्लाबाट पालिकामा सञ्चालित विभिन्न आयोजनामा काम गर्न, टोड्के, रुइसे लगायत पर्यटकीय स्थल घुम्न आउनेहरुबाट जोखिम बढेको जनाएको छ ।

Shreekrishna hardwear in news

आयोजना र ठेकेदारलाई बाहिरबाट कामदार नल्याउन र ल्याइसकेका कामदारलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राखेर मात्र काममा लगाउन आग्रह गरेको छ । रघुगंगा जलबिद्युत आयोजनाका कर्मचारी र मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीयबासीले जोखिम बढेको गुनासो गरेका थिए ।

रघुगंगा गाउँपालिकाको भूगोलमा ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजना, बेनी जोमसोम कोरोला सडक आयोजना, गलेश्वर पिप्ले भगवति सडक आयोजना, राहुघाट सबस्टेशन लगायत ठूला आयोजना सञ्चालन भएका छन् । ती आयोजनामा बाहिरबाट मजदुर ल्याउन नपाएपछि काम गर्न नसकिने निर्माण ब्यवसायीहरुले गुनासो गरेका छन् ।

Bhautik ministry notice about road

यस्तै रघुगंगाको टोड्के, रुइसेमा भ्रमण गर्नेहरुको चहलपहल छ । महामारीको जोखिम मध्यजनर गर्दै तिहारमा देउसीभैलो नखेल्न र अनावश्यक आवत जावत नगर्न प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीद्धारा जारी सूचनामा उल्लेख छ ।

कोरोना भाइरस भित्र्न, फैलिन र जोखिम हुन नदिन व्यक्तिगत सतर्कता र स्वास्थ्य सुरक्षाको मापदण्ड पालनाका लागि पालिकाबासीहरुलाई आग्रह गरेको छ । सचेतना अभिवृद्धि, आवत जावतलाई ब्यवस्थित, होम क्वारेन्टिन÷आइसोलेशन बसेकाहरुको नियमित अनुगमन र सहजिकरण गर्न स्वयमसेवा गर्न इच्छुक व्यक्तिहरुलाई वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

यसैगरी रघुगंगा गाउँकार्यपािलकाको बिहीबारको बैठकले नेपाल सरकारले एक स्थानीय तहमा एक अस्पताल बनाउने अवधारणा अनुसार गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटमा १० शैया क्षमताको अस्पताल बनाउने निर्णय गरेको छ ।

कुल १० करोड बढी लागत अनुमान गरिएको अस्पताल निर्माण गर्न चालु आबमा ८५ लाख रुपैयाँ बजेट प्राप्त भएको छ । यस अघि संघिय सरकार मार्फत रघुगंगा–१ बेगखोलामा स्वास्थ्य चौकी विस्थापित गरि अस्पताल निर्माण गर्ने गरि योजना स्विकृत भएको थियो ।

तर यसैबर्षदेखि राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत बेग स्वास्थ्य चौकीको पुननिर्माणको काम अघि बढेको कारण एकै स्थानमा एकै प्रकारका दुई योजना अघि बढाउनु उपयुक्त नभएको सो स्थान अधिकांश वडाहरुको लागि अपायक पर्ने भएकाले अस्पताललाई गाउँपालिकाको केन्द्रमा निर्माण गर्ने निर्णय भएको जनाईएको छ ।

गाउँपालिकाले यस अघि वडा नम्बर १ को बाँदुकमा समेत स्वास्थ्य इकाई स्थापना गरिसकेको छ । बेगखोलामा स्वास्थ्य चौकी पुननिर्माणका लागि १ करोड ३५ लाख बजेटबाट पुननिर्माण प्राधिकरण मार्फत ठेक्का सम्झौता भइसकेको छ । बेगका बासिन्दाहरुले ठाउँ तोकेर आएको योजना स्थानान्तरण गरिएको भन्दै असन्तुष्टि र आपत्ति जनाएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...