धौलागिरि खबर

म्याग्दीलाई बिपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न काँग्रेसको माग

बेनी । नेपाली काँग्रेस जिल्ला कार्यसमितिले पहिरोका कारण यस वर्ष ठूलो जनधनको क्षति ब्यहोरेको म्याग्दीलाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ ।

सरकारले मंगलबार सिन्धुपाल्चोक र बागलुङलाई मात्र विपद् संकटग्रस्त क्षेत्र घोषणा गरि पुननिर्माणका लागि छ अर्ब रुपैया बिनियोजन गरेको समाचार सार्वजनिक भएपछि म्याग्दीलाई नसमेटिएको भन्दै राजनीतिकर्मी र जनप्रतिनिधिहरुले बिरोध जनाएका छन् ।

नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधबप्रसाद रेग्मीको नेतृत्वमा प्रशासनमा गएको टोलीले बिहीबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न माग सहितको ध्यानाकर्षणपत्र पठाएका हुन् ।

Rara Auto Mobiels

भयानक र दर्दनाक अवस्थामा पनि संघीय सरकारले राहत, उद्धारमा बेवास्ता गरेको, मन्त्रीहरु उपस्थित भएर बस्तुअवस्था जानकारी नलिएको र संकटग्रस्त क्षेत्र घोषणा गर्ने क्रममा समेत म्याग्दीलाई छुटाएर विभेदपूर्ण ब्यवहार गरेको भन्दै काँग्रेसले आपत्ति जनाएको छ ।

म्याग्दीलाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेर क्षतिग्रस्त भौतिक संरचना पुननिर्माण, जोखिमयुक्त बस्ति स्थानान्तरण र घरबास गुमाएकाको पुनस्थापनाका लागि देशभरका पिडितलाई समान किसिमले सुबिधा र बजेट बितरण गर्नुपर्ने नेपाली काग्रेस म्याग्दीका सचिब मिनबहादुर कार्कीले बताउनुभयो ।

म्याग्दीका विभिन्न ठाउँमा बाढी पहिरोबाट यो वर्ष ३१ जनाको मृत्यु र ५ जना बेपत्ता छन भने सडक, खानेपानी, निजी घर, सार्वजनिक भवन लगायत सँयौ भौतिक संरचना नष्ट भएको छ । जिल्लाभर १७४ घरधुरी पहिरो, बाढी र कटानका कारण पूर्ण क्षति भएको प्रशासनले जनाएको छ ।

पुर्ण क्षति हुने घरसंख्या निरन्तरको बर्षासँगै थपिने क्रम जारी छ । विपद् संकटग्रस्त क्षेत्र घोषणा नगरेकोमा सरकारको आलोचना गर्नेमा बिपक्षी नेपाली काँग्रेसका नेता कार्यकर्ता मात्र नभएर सत्तारुढ दल नेकपाकै नेता र जनप्रतिनिधिहरु समेत छन् ।

प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले म्याग्दीका पहिरो प्रभावितले पाउने सुबिधा र क्षतिग्रस्त भौतिक संरचना पुननिर्माण, बस्ति संरक्षण तथा स्थानान्तरणका लागि बाडफाड हुने बजेटमा बिभेद नहुने प्रतिक्रिया दिउनुभयो । सरकारले पहिरोबाट भत्किएका निजी घर पुननिर्माणका लागि भूकम्प पिडित सरह अनुदान दिने घोषणा गरेको छ ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...