धौलागिरि खबर

भकिम्लीका कोरोना संक्रमित नतिजा नआउदै क्वारेन्टिनबाट कसरी घर गए ?

बेनी । म्याग्दीमा बुधबार कोरोना संक्रमण पुष्टि भएका पुरुष पिसिआर परिक्षणको नतिजा नआउदै घर गएको खुलासा भएको छ ।

बेनी नगरपालिका–३ भकिम्लीका ३० वर्षीय ती पुरुष बेनीको क्वारेन्टिनबाट असोज ५ गते घर गएका थिए । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार साझ कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको रिसिभिङ टिमले बेनी ल्याएका थिए ।

स्वास्थ्य कार्यालय म्याग्दीले बुधबार बिहान ११ बजे भारतबाट आएर माउन्ट एभरेष्ट आवासीय माविको क्वारेन्टिनमा बसेका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्ति प्रकाशन गरेको थियो ।

Rara Auto Mobiels

भकिम्लीका वडा सदस्य गेमप्रसाद घर्तीका अनुसार स्वाबको नतिजा नआउदै क्वारेन्टिनबाट घर गएका ती युवा एक रात घरमा बिताउनुका साथै ससुराली गएका, भलिबल खेलेका र गाउँका अरु मानिसहरुसँग भेटघाट गरेका थिए ।

‘कोरोना पुष्टि भएको को रहेछ भनेर खोज्ने क्रममा नतिजा नआउदै क्वारेन्टिनबाट घर आएको बुझियो,’ उहाले भन्नुभयो ‘नजिता नआउदै हामीहरुसँग पनि समन्वय नगरी घर आउन दिनाले जोखिम भयो ।’ उनको असोज १ गते स्वाबको नमुना संकलन गरिएको थियो ।

घर्तीका अनुसार ति पुरुष भारतबाट आएको दस दिनसम्म क्वारेन्टिन बसेर घर गएका बुझिएको छ । भकिम्लीका वडा अध्यक्ष पदम पुनले भारतबाट आउने क्रममा वडाले सहमति दिएपनि क्वारेन्टिनबाट घर आएको विषयमा कसैले जानकारी नगराएकोमा गुनासो गर्नुभयो ।

‘क्वारेन्टिनबाट घर पठाउने क्रममा हामीलाई जानकारी गराएको भए हामीले उनलाई होम क्वारेन्टिनमै राखेर निगरानी गर्ने थियौ,’ उहाले भन्नुभयो ‘अहिले छिमेकी र टोलबासी त्रसित भएका छन् । सम्पर्कमा रहेकाहरुलाई होम क्वारेन्टिनमा बस्न लगाएका छौ । स्वास्थ्य कार्यालयलाई छिटो स्वाब संकलन गरिदिन आग्रह गरेका छौ ।’

कडा सुरक्षाको ब्यवस्था भएको क्वारेन्टिनबाट नतिजा नआउदै घर जानु र जान दिइनुलाई गम्भिर त्रुटिको रुपमा लिइएको छ । उनि कसरी नजिता नआउदै घर गए ? भन्ने प्रश्न कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रप्रति तेर्सीएको छ ।

यसअघि दरवाङको क्वारेन्टिनमा बसेका धारापानीका युवाको म्याग्दी नदीले बगाएर ज्यान गएको थियो । आइसोलेशनमा बस्नुपर्ने संक्रमितलाई घर पठाउनु र घर पठाउनुपर्ने संक्रमण नभएकालाई आइसोलेशनमा राखिएको थियो । तर संयोगबस घर गएका संक्रमितबाट अरुलाई सरेको पाइएन् ।

क्वारेन्टिनमा बसेका प्रहरी पिसिआर रिपोर्ट नआउदै बजारमा किनमेल गर्न जाने जस्ता सुरक्षा र ब्यवस्थापनसँग सम्बन्धीत कमजोरी गरेका सम्बद्ध निकाय एवम् जिम्मेवार अधिकारीहरु अझै सचेत बन्न नसकेको हुन की भन्ने प्रश्न उठ्न थालेको छ ?

क्वारेन्टिनमा बसेका व्यक्ति नतिजा नआउदै कसरी घर गएको बारेमा आफूलाई पनि संक्रमण पुष्टि भएको रिपोर्ट आएपछि मात्र जानकारी भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले प्रतिक्रिया दिनुभयो ।

कोभिड–१९ जिल्ला संकट ब्ववस्थापन केन्द्रका प्रवत्ता समेत रहनुभएका उहाँले संक्रमितको सम्पर्कमा रहेकाहरुको तत्कालै कन्ट्याक्ट टे«सिङ गरि कोरोना परिक्षणका लागि स्वाब नमुना संकलन गर्ने तयारी भएको बताउनुभयो ।

सार्वजनिक यातायात र अन्तराष्ट्रिय उडान खुलेसँगै बढेको आवत जावत र भिडभाडका कारण कोरोनाको जोखिम बढेको छ । कोरोनाबाट प्रभावित जिल्ला र विदेशबाट आउनेले पछिल्लो ७२ घण्टाको पिसिआर रिपोर्ट लिएर १४ दिन अनिवार्य क्वारेन्टिन बस्ने सर्तमा सम्बद्ध वडाको सहमतिमा जिल्ला भित्रन पाउने, कालीपुलको होल्डिङ सेन्टरमा बिबरण टिपाउने जस्ता नियम बनाइएको छ ।

तर स्थानीय प्रशासन, सुरक्षा निकाय र पालिकाहरुले बनाएको नियम तथा मापदण्डको पालना र स्वास्थ्य सुरक्षा सतकर्ताप्रति नागरिकको लापरबाही बढेको छ । नियमनकारी निकायको फितलो ब्यवस्थापन देखिन थालेको छ । जसका कारण म्याग्दीमा समुदाय स्तरमा कोरोना फैलिने उच्च जोखिम छ ।

म्याग्दीमा यसअघि पहिचान भएका ४९ जनाले कोरोनालाई जितेर घर गएका छन् । जिल्लामा हालसम्म समुदाय स्तरमा कोरोना संक्रमण देखिएको छैन् । पोखराबाट सरुवा भएर आएका एक जना बाहेक सबै संक्रमित बिदेशबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

म्याग्दी जिल्लाबाट हालसम्म एक हजार ५२३ वटा नमुना संकलन गरि परिक्षणका लागि पठाइएकोमा ३० वटाको नतिजा आउन बाँकी छ ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...