धौलागिरि खबर

म्याग्दीमा एक जनामा कोरोना पुष्टि

बेनी । एक हप्तादेखि कोरोना (भाइरस)का सक्रिय संक्रमित नरहेको म्याग्दीमा बुधबार एक जनामा कोरोना पुष्टि भएको छ ।

भारतबाट आएर माउन्ट एभरेष्ट आवासीय माविको क्वारेन्टिनमा बसेका बेनी नगरपालिका–३ भकिम्लीका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

भदौ ३१ गतेदेखि म्याग्दीमा कोरोना भाइरसका सक्रीय संक्रमित थिएनन् । असोज १ गते संकलन गरिएको ३० वटा नमुनाको पोखरा स्थित प्रयोगशालामा परिक्षण गर्दा एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

Rara Auto Mobiels

स्वास्थ्य अवस्था सामान्य रहेका संक्रमितलाई बेनीको खुल्ला मञ्च स्थित शैक्षिक तालिम केन्द्रको भवनमा पालिकाहरुको सहयोगमा बेनी अस्पतालले स्थापना गरेको आइसोलेशनमा लगिएको छ ।

म्याग्दीमा यसअघि पहिचान भएका ४९ जनाले कोरोनालाई जितेर घर गएका छन् । जिल्लामा हालसम्म समुदाय स्तरमा कोरोना संक्रमण देखिएको छैन् । पोखराबाट सरुवा भएर आएका एक जना बाहेक सबै संक्रमित बिदेशबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

म्याग्दी जिल्लाबाट हालसम्म एक हजार ५२३ वटा नमुना संकलन गरि परिक्षणका लागि पठाइएकोमा ३० वटाको नतिजा आउन बाँकी छ ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...