धौलागिरि खबर

ब्लकको नाममा चलाइएको क्रसर उद्योग बन्द गर्न निर्देशन

बेनी । जलजला गाउपालिकाले वडा न. ७ मिलनचोकमा ब्लकको नाममा दर्ता गरेर चलाइएको क्रसर उद्योग बन्द गराउन निर्देशन दिएको छ ।

उद्योग व्यवसाय दर्ता र नियमन सम्बन्धी प्रचलित संघीय, प्रादेशिक र स्थानीय नीति नियम, अदालत र अख्यितारको निर्देशन, सरोकारवालाको सुझाव, माग, दबाब र कार्यपालिकाको निर्णय अनुसार बागेश्वरी एग्रीगेट एण्ड ब्लक उद्योगलाई बन्द गराउन निर्देशन दिएको गाउपालिकाले जनाएको छ ।

ब्लक उद्योग दर्ता गरेर क्रसर चलाएका बागबिर र शिबबहादुर घर्ती क्षेत्रीलाई आइतबार पत्र काटेर असोज ४ गतेदेखि उद्योग पूर्ण रुपमा बन्द गराउन निर्देशनका साथै सूचना टासँ गरेको छ ।
संचालकहरुले ब्लक उद्योगको मात्रै अनुमति लिएर क्रसर उद्योग संचालन गर्दै आएका छन् । उनीहरुलाई क्रसर उद्योगका लागि आवस्यक कानूनी प्रक्रिया पूरा गर्न पटकपटक दिएको निर्देशन पालना नभएपछि गाउँपालिकाले बाध्य भएर उद्योग बन्द गर्नुपरेको अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिनुभयो ।

Rara Auto Mobiels

‘गाउँपालिकाले कानूनी प्रक्रिया पुर्याएर संचालन गर्न प्रयाप्त मौका दिँदासमेत अटेर गरि उद्योग संचालन गरेपछि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को (ञ)६ को अधिकार प्रयोग गरी उद्योग बन्द गरिएको हो,’ अध्यक्ष मल्लले भन्नुभयो ‘अवैध रूपमा सञ्चालित क्रसर बन्द गराउन जिल्ला प्रशासन, जिल्ला समन्वय समिति र प्रहरीलाई पत्राचार गरेपनि कुनै सहयोग पाइएन् ।’

‘कसैले अवैध काम गर्ने अनि गाउँपालिकाले अदालत र अख्तियारमा तारेख बोक्ने कि जनताको काम गर्ने?’ – अध्यक्ष मल्लले गुनासो गर्नुभयो । कालीगण्डकी नदी किनारमा सञ्चालित उक्त उद्योग अवैध रहेको भन्दै बन्द गर्न स्थानीय सरोकारवालाहरुले गाउँपालिकामा पटकपटक लिखित उजुरी दिएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्दा दर्ता भएको गाउँपालिकाले दाबी गरेको छ ।

उद्योगका सञ्चालक जिसीद्धयले क्रसर उद्योग सञ्चालन अनुमति रोकिएकाले सबै प्रक्रिया पुरा गरेपनि प्रमाणपत्र नपाएको र गाउपालिकाले राजनीतिक पूर्बाग्रह साध्न दुख दिएको प्रतिक्रिया दिदै आएका छन् ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...