धौलागिरि खबर

जलजला गाउपालिकाको गतिबिधिप्रति असन्तुष्टि जनाउदै नेकपाको ध्यानाकर्षण

Beni Sanjibani

बेनी । जलजला गाउँपालिकाका गतिविधिप्रति असन्तुष्टि जनाउँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पालिका कमिटिले आइतबार ध्यानाकर्षण पत्र बुझाएको छ ।

शिक्षा, स्वास्थ्य, उद्योगजस्ता क्षेत्रमा नियमावली र कार्यविधि बनाएर आँफुखुसी कर्मचारी नियुक्ती गरेको, कानुन बनाउन आलटाल गरेकोप्रति असन्तुष्टि जनाउँदै नेकपाले गाउँपालिकाको ध्यानाकर्षण गराएको हो ।

MMC Including add

नेकपा जलजलाका अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य दिपक आचार्य (आकाश), सचिब टुंगनाथ शर्मा, जिल्ला सचिवालय सदस्य दुर्गा बहादुर दर्जीलगायत नेकपाका स्थानीय नेता तथा कार्यकर्ताले गाउँपालिकाको कार्यालयमा पुगेर अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

Chadani auto head

संविधानको प्रस्तावनामै समानुपातिक समावेशीकरण लगायत शिक्षा र स्वास्थ्य जस्ता विषयलाई मैलिक अधिकारको रुपमा उल्लेख गरिएको भएपनि जलजला गाउँपालिकाले विभेद गरेको उनीहरुको आरोप छ ।

शिक्षा नियमावलीलाई राजनीतिक स्वार्थ पुरा गर्ने हतियार बनाएको, जनाताले राजस्व तिर्न पाउने अधिकारबाट समेत प्रतिबन्ध लगाएको, फरक राजनीतिक दलको सल्लाह सुझाव तथा जनताको गुनासोलाई बेवास्ता गरेको नेकपाको आरोप छ ।

नेकपाले तीन दिनभित्रमा कार्यविधिविपरित भर्ना भएका कर्माचारीको नियुक्ति बदर गर्नसमेत माग गरेको छ । शिक्षा नियमावली पुनः संशोधन गरि जनताले कर तिर्ने अधिकारलाई बञ्चित नगर्न ध्यानाकर्षण पत्रमार्फत आग्रह गरिएको छ । अध्यक्ष मल्लले भने गाउँसभा र कार्यपालिकामा छलफल गरेर निर्णय हुने र त्यसलाई कार्यान्वयन गराउनु सबैको दायित्व हुने प्रतिक्रिया दिनुभयो ।

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...