धौलागिरि खबर

बेनपाको बिषद् कोषमा कस्तुरीको सहयोग

बेनी । कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १२ औ स्थापना दिवसको अवसर पारेर आइतबार बेनी नगरपालिकाको विपद् ब्यवस्थापन कोषलाई आर्थिक सहयोग गरेको छ ।

बेनी नगरपालिका–७ संगमचोकमा रहेको रहकारीका अध्यक्ष राजेश शाक्य, सचिब बिनय श्रेष्ठ लगायत पदाधीकारीको टोलीले नगरप्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल र प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुवेदीलाई पचास हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।

सहकारीको सामाजिक दायित्व अन्तर्गत बेनी नगरपालिका भित्र रहेका बाढीपहिरो पीडितहरुलाई राहत उपलब्ध गराउन रकम सहयोग गरिएको संस्थाका अध्यक्ष शाक्यले बताउनुभयो ।

Rara Auto Mobiels

संस्थाबाट ४१ हजार पाँच सय, प्रबन्धक लोकेश पुनमगर लगायतका कर्मचारीहरुले नौ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । सहकारीको सहयोगलाई बाढीपहिरोबाट पीडित भएकाहरु समक्ष पु¥याइने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

विपद् र महामारीका समयमा सवै क्षेत्रबाट आवश्यक रहेको उहाँले बताउनुभयो । स्थापना दिवसका अवसरमा विपद् व्यवस्थापन कोषमा सहयोग गरेर सहकारीले नमुना काम गरेको भन्दै सहकारी परिवारलाई नगरप्रमुख श्रेष्ठले धन्यबाद ज्ञापन गर्नुभयो ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...