दानाका पहिरो पिडितलाई रेडक्रसको त्रिपाल सहयोग

Beni Sanjibani

दाना । नेपाल रेडक्रस सोसाइटीले अन्नपूर्ण गाउपालिका–३ दानाका पहिरो पिडितहरुलाई त्रिपाल सहयोग गरेको छ ।

Aantarik mamila Bal Marry sambandi

रेडक्रसको म्याग्दी जिल्ला शाखाले उपलब्ध गराएको त्रिपाल दाना उपशाखा मार्फत पहिरो पिडितलाई बितरण गरिएको हो । फगामका १६, काभ्रेका २, सुवाका २, तितरका १ र दुवारीका ३ घरलाई त्रिपाल उपलब्ध गराएको रेडक्रसको दाना उपशाखाका सभापति तिलकुमारी पुनले बताउनुभयो ।

पहिरोबाट घर भत्किएका र जोखिममा परेर बिस्थापित भएकाहरुको अस्थाई बसोबासका लागि त्रिपाल सहयोग गरेको उहाँले बताउनुभयो । रेडक्रसको दाना उपशाखाको अधिकांश पदाधीकारी तथा सदस्यहरु महिला छन् । उनिहरु बिपद् ब्यवस्थापन, सरसफाई, सचेतना लगायत सामाजिक गतिबिधिमा अग्रसर छन् ।

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...