धौलागिरि खबर

दानाका पहिरो पिडितलाई इस्टली गोर्खा नेपाली समाजको सहयोग

Beni Sanjibani

दाना । म्याग्दीको अन्नपूर्ण गाउपालिका–३ दानाका पहिरो पिडितहरुलाई बेलायतको इस्टली गोर्खा नेपाली समाजले राहत सहयोग गरेको छ ।

फगाम, ठाडा र फगामका ३२ घरलाई पाँच÷पाँच हजार रुपैयाँका दरले आइतबार नगद बितरण गरिएको हो । फगामका १७, ठाडाका ५ र काभ्रेका १० घरपरिवारलाई राहत उपलब्ध गराइएको हो ।

दाना घर भई हाल बेलायतमा रहनुभएका इस्टली गोर्खा नेपाली समाजका संस्थापक कमलबहादुर पुर्जा र संस्थाका अध्यक्ष रमनसिंह थापाको पहलमा एक लाख ५६ हजार ५५० रुपैयाँ संकलन गरेर पठाउनुभएको थियो ।

MMC Including add

बेलायतमा रहेका नेपाली र त्यहीका नागरिकहरुबाट सहयोग संकलन गरिएको थियो । पुर्जाका दाजु जितबहादुर पुर्जाले वडाका जनप्रतिनिधि र अगुवाहरुसँग समन्वय गरेर राहत वितरण गरिएको जानकारी दिनुभयो ।

फगाममा वडा सदस्य योममाया पाइजाको अध्यक्षता, शिक्षक तिलक थापामगरको सञ्चालनमा भएको राहत बितरण कार्यक्रममा सुवा आधारभूत बिद्यालयका प्रअ आनन्द पुनले पहिरोका कारण पुरै गाउँ बिस्थापित हुने अवस्था आएको बताउनुभयो ।

Chadani auto head

स्थानीय अगुवा तसबहादुर पुर्जाले कालीगण्डकीको तिर देखि फगामको शिरसम्म जमिन धाँजा फाटेर पहिरो बग्न थालेपछि बस्ती स्थानान्तरणका लागि पहल थालिएको बताउनुभयो । भिरालो पाखोमा रहेको फगाम गाउँको फेदीमा बेनी–जोमसोम सडक बिस्तारका क्रममा संरक्षणको काममा ढिलाई हुदाँ पहिरो गएको स्थानीयबासीले बताएका छन् ।

राहतका लागि समन्वय गर्नुभएका जितबहादुर पुर्जाले यसअघि दानामा म्याग्दी प्रवासी नेपाली संघ (मोना) युके, फ्रेण्डली ब्रर्दश दाना सेरोफेरो युके लगायतका संस्थाले शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणमा गरेका गतिबिधिका बारेमा जानकारी गराउनुभएको थियो ।

इस्टली गोर्खा नेपाली समाज बेलायतको च्यारीटेबल संस्था हो । यो बेलायतको इस्टलीमा रहेको छ । यसले तरकारी उत्पादन गरेर खाद्य बैंकलाई उपलब्ध गराउछ । खाद्य बैंक मार्फत असाहय, अनाथ, जेष्ठ नागरिकहरुलाई तरकारी पु¥याइन्छ ।

संस्थाका सदस्यहरु आफै श्रम गरेर तरकारी उत्पादन गर्छन् । स्वयमेवी रुपमा काम गर्छन् । फुड बैंकलाई निशूल्क उपलब्ध गराएर बेचेको तरकारी सस्तो मूल्यमा छिमेकीहरुलाई बेचेर हुने आम्दानी बिउबिजन, मल खरिदका साथै सामाजिक कार्यमा खर्च गरिन्छ ।

सहयोगदाताहरुको बिबरण

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...