धौलागिरि खबर

पहिरो पिडितका लागि सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङका पहिरो पिडितको लागि शनिबार करिब दुई लाख पचास हजार रुपैयाँ बराबरको नगद र जिन्सी सामान सहयोग प्राप्त भएको छ ।

काठमाडौमा रहनुभएका बेनी नगरपालिका–४ सिंगाका डाक्टर जिबन बानियाको पहलमा संकलन गरिएको नगद तथा जिन्सी पहिरो पिडितका लागि सहयोग जुटाइरहेको परोपकारी संस्था ओमुकमारी शान्ति कोषलाई उपलब्ध गराइएको छ ।

बानियाका दाजु भुपेन्द्र बानियाले कोषका अध्यक्ष राजेश शाक्यलाई टेन्ट र नगद हस्तान्तरण गर्नुभएको थियो । रजनी चेतना फाउण्डेशनकी अध्यक्ष रजनी थापाले १ लाख ८० हजार बराबरको टेन्ट, डा. बानियाँ, सुनिता बस्नेत २५ हजार, अनुमति जलजला बहुउदेश्यीय सहकारी संस्था १५ हजार, नाम नखुलाई सहयोग १५ हजार, बसन्त कुमार कार्की ५ हजार, अजयराज जोशीले ५ हजार सहयोग गर्नुभएको थियो ।

Rara Auto Mobiels

उक्त नगद सहयोगलाई पुर्नवास अभियानमा खर्च गरिने कोषले जनाएको छ । कोषमार्फत संकलन भएको आर्थिकलाई समेत मोना अन्तराष्ट्रियसँग सहकार्य गरी पुर्नवास अभियानमा जोड्ने अध्यक्ष शाक्यले बताउनुभयो । पहिरोबाट घरबास गुमाएकाहरुको पुनस्थापनाका लागि स्वदेश तथा बिदेशमा सहयोग संकलन भैरहेको छ ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...