धौलागिरि खबर

म्याग्दीका केसीलाई बिभूषण

बेनी, । म्याग्दीका सुरज केसी संबिधान दिबस २०७७ का अवसरमा शनिबार राष्ट्रपति कार्यालयबाट बिभुषित हुनुभएको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण योगदान पु¥याएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट अलङ्कार (यशोवर्दक) पदकले केसीलाई विभूषित गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाका उपमन्त्री, पत्रकार महासंघका पुर्व शाखा अध्यक्ष समेत रहनुभएका केसी कोरोना (भाइरस) रोकथामका लागि अग्रभागमा खटिनुभएको छ । केसीको जिल्लामा विपद् व्यवस्थान र अस्पतालका विरामीहरुलाई रगत उपलब्ध गराउन उहाँको महत्वपूर्ण योगदान छ ।

स्वमसेवी रक्तदाता समाज म्याग्दीका अध्यक्ष केसीले ६१ पटक रक्तदान गर्नुभएको छ । केसी विपद्, महामारीको अवस्थामा अहोरात्र खटिदै आउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउने महानुभावलाई प्रदान गरिने मानपदवीको टुङ्गो लगाएको हो ।

संविधान दिवसका अवसरमा मानपदवी, अलङ्कार र पदक वितरण गरिदै आएको छ । बिभुषितहरुको नामावली राष्ट्रपतिको कार्यालयले शनिबारको गोरखापत्र दैनिकमा प्रकाशन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Loading...