धौलागिरि खबर

“लकडाउनमा मेरो सिकाई” बिषयक भर्चुअल प्रतियोगिता

बेनी, । राष्ट्रिय बाल दिबस २०७७ को अवसरमा धवलागिरी गाउपालिकाका बिद्यार्थीहरुबीच “लकडाउनमा मेरो सिकाई” बिषयक भिडियो (भर्चुअल) प्रतियोगिता सम्पन्न भएको छ ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोग, धवलागिरी गाउपालिकाको समन्वय र सामुदायिक विकास परियोजना मार्फत संगम म्याग्दीको आयोजनामा प्रतियोगिता आयोजना गरिएको थियो ।

धवलागिरी गाउपालिका कार्यक्षेत्र भएको परियोजनाले कोरोनाको जोखिमका बीच बालदिवसको अवसर पारेर ६ देखि १० सम्म पढाई हुने १६ वटा बिद्यालयका एक÷एक जना छात्र र छात्राको बन्दाबन्दीमा सिकेका अनुभवहरुको भिडियो संकलन गरेको थियो ।

Rara Auto Mobiels

३० जना सहभागि प्रतियोगिताको छात्रतर्फ ताकम माविका आयुश पौडेल प्रथम, लुलाङ आधारभूत विद्यालयका चट्टान बिक दृतीय, जनकल्याण माबि गुर्जाका कुशल छत्याल तृतीय भएका थिए ।

छात्रातर्फ लमसुङ माविकी अञ्जु मैकुटे प्रथम, भूमे आधारभूत मच्छिमका सुरक्षा छन्त्याल दृतीय र किसानी मावि धारापानीकी मनिशा थापा क्षेत्री तृतीय भएका थिए । प्रथम, दृतीय र तृतीय हुनेलाई क्रमश ः नगद एक हजार, आठ सय र छ सय रुपैया बराबरको शैक्षिक सामग्रीका साथ प्रमाणपत्र प्रदान गरिने परियोजनाले जनाएको छ ।

सहभागीहरुलाई म्याग्देली स्रष्टा सारदा शर्माको “मनसंग एकछिन” कृति प्रोत्साहन स्वरुप प्रदान गरिने भएको छ । यस वर्ष बाल दिवसको मूल नारा बिपद्मा बाल अधिकारको सुनिश्चितताः हामी सबैको प्रतिबद्धता भन्ने रहेको थियो ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...