धौलागिरि खबर

म्याग्दी भित्र्नेहरुलाई लक्षित गरेर प्रशासनद्धारा आदेश जारी

Beni Sanjibani

बेनी, । अन्तरजिल्ला सार्वजनिक यातायात खुल्ला भएसँगै म्याग्दी भित्र्ने सर्वसाधारण र यातायात ब्यवसायीलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालयले शुक्रबार आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले मन्त्रीपरिषद् बैठक र कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको पछिल्लो निर्णय अनुसार यातायात ब्यवसायी, यात्रु, होल्डीङ सेन्टर र स्थानीय तहले पुरा गर्नुपर्ने जिम्मेवारीको बुदागत आदेश जारी गर्नुभएको हो ।

संक्रामक रोग ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ अनुसार जारी भएको आदेशको बर्खिलाप र प्रतिकुल हुने काम गरेमा सोही ऐन अनुसार कारबाही हुने आदेशमा उल्लेख छ ।े क्षमता भन्दा पचास प्रतिशत कम यात्रु राखेर पचास प्रतिशत बढी भाडा लिएर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर लामो तथा छोटो दुरिमा यातायातका साधन सञ्चालन गर्न पाइनेछ ।

MMC Including add
Chadani auto head

यात्रुको बिवरण होल्डङ सेन्टरलाई जानकारी गराउनुपर्ने, गन्तब्यमा नपुगेसम्म यात्रु ओराल्न नपाउने, संक्रमित जिल्लामा जाने र आउने सवारी साधनका लागि टाइम कार्ड लागु गर्ने, कालिपुलमा चेकजाँच गरिने, सवारी चालक क्वारेन्टिनमा जसरी बस्नुपर्ने, सवारी साधनलाई प्रत्येक दिन सेनीटाइज गर्नुपर्ने, होल्डीङ सेन्टरमा एक एक जना प्रतिनिधि खटाउनुपर्ने आदेशमा उल्लेख छ ।

७२ घण्टाअघिको पिसिआर रिपोर्टको आधारमा जिल्ला आउन पाउने यात्रुहरु होल्डीङ सेन्टर मार्फत सम्बन्धित वडामा सम्पर्क गरि १४ दिन क्वारेन्टिन अथवा होम क्वारेन्टिन बस्ने सर्त सहित जिल्ला आउन पाउनेछन् । स्थानीय तहहरुले आफ्ना पालिकामा भित्र्ने नागरिकको अभिलेख राख्ने, क्वारेन्टिन बस्न लगाउने र निगरानी गर्न अनुरोध गरिएको छ ।

बिकास आयोजनाका कर्मचारी तथा मजदुरहरुका लागि पनि यात्रुहरुनै जसरी जिल्लामा आउन र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने आदेश जारी भएको छ । यातायातका साधन सञ्चालन भएपनि शैक्षिक, धार्मिक संस्था, सभा, सभारोह, मेला, महोत्सव, गोष्ठि लगायत भिडभाड हुने कार्यक्रममा लगाइएको रोक यथावत छ ।

म्याग्दीका ४९ जना सबै कोरोना संक्रमित निको भएका छन् । हाल म्याग्दीमा सक्रिय कोरोना संक्रमित छैनन् । म्याग्दीलाई कोरोना रहित बनाइराख्न सबै पक्षबाट सकारात्म, समन्वयात्मक र सक्रिय सहयोगको अपेक्षा गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...