धौलागिरि खबर

दुखुखोलाको मोटरेबल पुल उच्च जोखिममा

बेनी, । म्याग्दीको बेनी–दरवाङ सडक अन्तरगत दुखुखोलाको मोटरेबल पुल जोखिममा परेको छ ।

मंगला गाउँपालिका–२ र मालिका गाउपालिका–६ को सिमाना भएर बग्ने दुखुखोलामा रहेको पुलको दुवै तर्फको फिल्लरको छेउमा लगाइएको पर्खाल बाढीले बगाएको छ । दुखुतर्फको भागको पर्खाल भत्किएर बनेको खाडलमा सवारी साधन खसेर दुर्घटना हुने जोखिम छ ।

पुलको पिल्लर भन्दा खोला गहिरिएको र संरक्षणका लागि बनाइएको पर्खाल भत्किएकाले दुर्घटनाको जोखिम बढेको मालिका गाउपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । सर्बसाधारण, यातायात ब्यवसायी र सवारी चालकलाई साबधानी अपनाउन तथा पुर्वाधार विकास कार्यालयलाई तत्काल मर्मतका लागि आग्रह गरिएको अध्यक्ष रोकाले बताउनुभयो ।

Rara Auto Mobiels

गत असार २६ गते बिहान दुखुखोलामा आएको बाढीले पर्खाल भत्काएको थियो । साबिक भन्दा करिब २ मिटर तल खोला गहिरिएपछि पुलको पिल्लर समेत जोखिममा परेको छ । फाउण्डेशन भन्दा तलबाट खोला बगेको छ ।

म्याग्दीको पश्चिमी क्षेत्रको लाईफ लाइन मानिएको बेनी–दरवाङ सडक अन्तरगत पर्ने दुखुखोलामा गत कात्तिकमा २० मिटर लामो र छ मिटर चौडाई भएको मोटर चल्ने पुल निर्माण सकिएको थियो ।

२०७३ साउन ९ गते दुई करोड २५ लाख ६० हजार ८२३ रुपैयाँमा स्वच्छन्द–गौचन जेभीसँग सम्झौता भएको थियो । कामको मूल्याङ्कनका क्रममा दुई करोड छ लाख रुपैयाँ भुक्तानी भएको थियो ।
२०७४ कात्तिकमा सक्ने लक्ष्य भएपनि प्राबिधिक कमजोरी, संघबाट योजना हस्तान्तरण गर्न र व्यवसायीले सुस्त कार्यशैलीका कारण दुई वर्ष ढिला गरि पुल एक वर्षपनि सञ्चालन नहुदै जोखिममा परेको हो ।
तत्कालीन जिविस अन्तरगत सञ्चालित विकेन्द्रित ग्रामिण पूर्वाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) मार्फत २०६७ मा सुरु भएको मोटरेबल पुल डिजाईन गलत भएपछि असफल बनेको थियो ।
खोलाबाट सवारी साधन तार्नुपर्न समस्या हटेपनि पुलनै जोखिममा परेपछि सरोकारवाला चिन्तित भएका छन् । तत्कालीन जिल्ला प्राबिधिक कार्यालयले ठेक्का लगाएको पुल २०७५ मा प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण भएको थियो ।
कार्यालयका इञ्जिनियर सन्तोष अर्यालले ठेक्काको मर्मत अवधि बाँकी रहेकाले निर्माण ब्यवसायीलाई भत्किएको ठाउँमा नयाँ पर्खाल लगाउन निर्देशन दिएको बताउनुभयो । ठेक्का मार्फत निर्माण भएका योजना एक वर्षभित्र क्षति पुगेमा निर्माण ब्यवसायीले बिमा दाबी गर्न पाउँछन् ।
बिमा वापत पाएको रकमले पहिलेकै अवस्थामा निर्माणको काम गर्नुपर्ने हुन्छ । कार्यालयले निर्देशन दिएपनि निर्माण ब्यवसायीले पुल मर्मतमा ढिलाई गरेका स्थानीयबासीले गुनासो गरेका छन् ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...