धौलागिरि खबर

कुइनेमंगलेका पहिरो प्रभावितलाई राहत बितरण

कुइनेमंगले, । म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने रघुगंगा गाउपालिकाको ८ नम्बर वडा कुइनेमंगलेका पहिरो प्रभाबितलाई राहत बितरण गरिएको छ ।

गाउँपालिका र विभिन्न संघ संस्था तथा दाताहरुले उपलब्ध गराएको राहत रकम पिडितको घरदैलोमै पुगेर बितरण गरिएको हो । पहिरोमा घरबास गुमाएका, जोखिममा परेर बिस्थापित भएका र आंशिक क्षति भएकालाई तीन बर्गमा बिभाजन गरेर तीन लाख ६५ हजार रुपैया बितरण गरिएको कुइनेमंगलेका बडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिनुभयो ।

यसबाहेक गाउँपालिकाले चौरखानीमा घर भत्किएका नरप्रसाद छन्त्याललाई २५ हजार रुपैयाँ उपलब्ध गराएको थियो । दाताबाट प्राप्त सहयोगबाट एक÷एक बोरा चामल सहित ७ परिवारलाई १५ हजार, ९ परिवारलाई सात हजार पाँच सय र २४ परिवारलाई पाँच हजार ५०० रुपैयाँ उपलब्ध गराएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो ।

Rara Auto Mobiels

दुवाडीका १९, चौरका १२, पात्लेखर्कका ३ र छहरीका एक परिवारलाई राहत उपलब्ध गराइएको हो । गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, वडा अध्यक्ष छन्त्याल लगायतको टोलीले राहत बितरण गरेको थियो ।

राहत बितरणका लागि नेपाली काँग्रेस म्याग्दीको राहत कोषबाट एक लाख, काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले एक लाख, गैरआवासीय नेपाली संघ (एनआरएनए) लग्जम्बर्गले ६० हजार, बेनीकी होटल ब्यवसायी तथा नेपाल महिला संघ म्याग्दीका सभापति बिमला गौचन मार्फत ५० हजार, काठमाडौको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाले २५ हजार र मराङ घर भई हाल काठमाडौमा रहेका लालबहादुर केसीले १५ हजार रुपैयाँ सहयोग गर्नुभएको थियो ।
सबैदाताबाट प्राप्त भएको सहयोग एकमुष्ठ रुपमा बितरण गरिएको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । गाउपालिकाले घर भत्किएका ६ परिवारलाई यसअघि छुट्टै २५÷२५ हजार रुपैयाँ उपलब्ध गराएको थियो । राहत बितरणका क्रममा अध्यक्ष भण्डारीले घरबास गुमाएकाको पुर्नबास र जोखिममा रहेको चौरखानीको बस्ति स्थानान्तरणका लागि पहल गरिएको बताउनुभयो ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...