धौलागिरि खबर

म्याग्दी बाढीपहिरो पिडितको लागि मोना जापानबाट २३ लाख बढी आर्थिक सहयोग

टोकियो । म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यसमिती (मोना) जापानले म्याग्दी जिल्लाको बाढ़ीपहिरो पिडितको पूर्नवासको लागि आर्थिक सहयोग हस्तातरण गरेको छ । बाढ़ीपहिरो पिडितको पूर्नवासको लागि जापानबाट २३ लाख रुपैया भन्दा बढी आर्थिक सहयोग हस्तातरण गरेको हो ।आर्थिक सहयोग संकलन अभियानको नेतृत्व बिशाल केसी (दिल)ले गर्नुभएको थियो ।

गत असार २५ गते अविरल वर्षाका कारण म्याग्दी जिल्लाको विभिन्न क्षेत्रहरूमा गएको बाढी पहिरोका कारण दुःखद मानवीय क्षती सँगै बाढ़ीले घरहरु पुरिएर करोडौको क्षेति पुर्याउदै धेरै मानिसहरु विस्थापित हुनुभएको र पुरै बस्तिनै उच्च जोखिममा रहेको हुदा मोना जापानले आर्थिक संकलन गरि पठाएको मोना जापानका महासचिव गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...