धौलागिरि खबर

नेपाल, विपद् र बीमाको महत्व

हरिप्रसाद पौडेल
बेनी,। भौगोलिक रूपमा अत्यधिक कच्ची भिरालो जमिन रहेको, उत्तरी प्लेट र दक्षिणी प्लेटको बिचको भूखण्ड रहेको, उत्तरी भाग उठेको र दक्षिणी भाग सुतेको अवस्थामा रहेकोले प्रसस्त जलाधार क्षेत्र रहेको कारण वर्षैनी वाढि पहिरो जस्ता विपतहरू भोगिरहनुपर्ने साथै भूकम्पिय जोखिम समेत अत्याधिक रहेको र ठूलाठूला भूकम्पिय विपत्ति को समेत सामना गरिसकेको अवस्थामा रहेको छ हाम्रो देश।
अधिक विपदहरु हाम्रो नियन्त्रणमा हुदैनन् नै तर केही सावधानी अपनाउदा वा पूर्वतयारी मा रहदाँ चाहिँ सम्भावित विपद तथा जोखिम न्यूनीकरण गर्न सकिन्छ तथापि राज्यश्रोतको कमी, दिर्घकालिन योजना नहुँनु, नागरिकहरू सचेत नहुनु आदि कारणले आम नागरिकहरू दिनानूदिन विपदको शिकार बनिरहेका छन् ।
दिनदिनै विभिन्न विपदका घटना वाट भएको मानविय तथा भौतिक संरचनामा भएको क्षेति सुन्न नसकिने गरी संचारमाध्यम तथा सामाजिक सञ्जालमा आईरहेका छन् साथसाथै विपदलाई सम्वोधन गर्न नसकेको भन्दै तिनवटै तहका सरकारमाथि असंतुष्टी पोखिईरहेका छन् र साच्चिकै राज्यपक्षबाट जे(जति सम्वोधन हुनुपर्ने हो त्यो सम्वोधन गर्न नसकेको अवस्था पनि हो । साथै विपदवाट भएको मानविय क्षतिमा राज्यपक्ष, विभिन्न सामाजिक संस्था तथा ब्यक्तिगत प्रयासमा तत्कालीन केही राहत उपलब्ध गराएर विपदमा परेको ब्यक्ति को परिवारको पिडा कम गर्ने प्रयास भैरहेको, सानो सहयोग उपलब्ध गराएर ठूलो ढ्वाङ पिट्ने, दिएको सहयोग सामाजिक सञ्जालमा छताछुल्ल पार्ने, सहयोगमा समेत राजनीतिक स्वार्थ पुर्ति गर्ने खोज्ने हर्कतहरु भएको पाइन्छ।
हालैमात्र सिन्धुपाल्चोक, म्याग्दी, वाग्लुङ लगायत देशका बिभिन्न जिल्लाहरुमा बाढि र पहिरोबाट ठूलो मात्रामा धनजनको क्षति भएको छ, क्षेति पश्चात ठूलो धनराशि खर्च गरेर उच्चपदस्थ ब्यक्ति हरू पुग्ने र नगन्य मात्रामा राहत र आश्वासन दिएर फर्कनै भन्दा अरु केहि हुन सकेको छैन भने स्थानिय सरकार समेत निरिहता प्रदर्शन गर्न बाध्य बनिरहेको छ।
बितग १२ बर्ष देखि बीमाको क्षेत्रमा काम गर्दाको अनुभव र हालको उल्लेखित अबस्थालाई मध्यनजर गर्दा भबिष्यमा हुनसक्ने सम्भावित मानविय तथा भौतिक क्षतिपूर्ति का लागी राज्यले विपद न्यूनिकरणका ठोस कार्यक्रम का अलवा अनिवार्य बीमाको कार्यक्रम अगाडी सार्नुपर्ने देखिन्छ। हुनत बीमा मरेपछी पाईने चिज हो यस्को कुनै औचित्य छैन भन्ने भावना आम जनमानसमा छ त्यो हामिजस्ता बीमाको क्षेत्रमा काम गर्नेहरूले बीमाको बारेमा बुझाउन नसकेको कारणले पनी होला, सबैभन्दा पहिला बीमा अनिवार्य बचत हो र दोस्रो महत्वपूर्ण भनेको जोखिम सुरक्षण नै हो बीमा। मरेपछि पैसा चाहिँदैन भने मृतकका परिवारलाई भन्दै राज्य तथा सहयोगी दाताहरु बाट रकम किन बितरण गरिन्छ तरु किन भने विपदवाट ज्यान गुमाएका का परिवारलाई भएको आर्थिक क्षेति कम होस भन्ने उद्देश्यले बितरण गरिन्छ ।
अहिले म्याग्दीको मराङ र बिममा भएको विपदमा परी दुई दर्जनभन्दा बढी ब्यक्ति को ज्यान गयो तिनका परिवारलाई राहत स्वरूप भन्दै रकम वितरण गरिएको छ, धौलागिरी गाउँपालिका ले राहत संकलन अभियान नै सञ्चालन गरेको छ केका लागी भन्दा राहत र पुनःस्थापना को लागी। यसरी ज्यान गुमाउनेहरु कसैको पनी बीमा नगरेको पाईयो आजका मितिसम्म कुनैपनी कम्पनीमा दावी भूक्तानी को लागी आएको छैन । यदि मृतकहरुको सानो भएपनी बीमा गरिएको हुन्थ्यो भने परिवार ले १०र२० हजारको लागी हात थाप्नुपर्ने अवस्था आउने थिएन सायद। त्यसैले सम्भावित विपद जोखिम न्यूनीकरण मा राज्यले ठोस कार्ययोजना बनाउदै सम्भावित जोखिम बाट हुने मानविय क्षेतीमा राहत को लागी बीमाको कार्यक्रम सरकाले लागु गर्न सकेमा राहतको लागी लाईन लाग्नुपर्ने अवस्थावाट आम मानिस लाई छुट्कारा दिन सकिन्छ। स्थानीय तहले बार्षिक निति तथा कार्यक्रममा समाबेश गरेर अति बिपन्न परिवारलाई दुर्घटना बीमा कार्यक्रम लागु गर्न आवश्यक छ। कम्तिमा एकलाख बीमांकको जिवन बीमा खरीद गरेको ब्यक्ति को न्यूनतम दुईलाख दावी भुक्तानी हुनेहुंदा भोको बस्नुपर्ने अवस्था आउदैन। झट्ट सुन्दा नराम्रो लाग्ला तर जिउनको लागी चाहिने भनेको पैसा नै हो र सकिन्छ जिवन बीमा सकिदैन निर्जीवन बीमा भएमा जिवित परिवारलाई जिउनको लागि तत्काल हात थाप्न पर्दैन।। लेखक एसियन लाइफ इन्सोरेन्सको बेनी शाखाको प्रमुख हुनुहुन्छ ।

Baruwal Katuwal treders
प्रतिक्रिया दिनुहोस
Loading...