धौलागिरि खबर

योजना कार्यान्यनमा जुट्यो रघुगंगा

Beni Sanjibani

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि बजेट बिनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयनको तयारी थालेको छ ।

आर्थिक वर्षको अन्तमा गरिने ‘असारे विकास’को विकृति न्युनीकरणका कार्यतालिका बनाएर योजना कार्यान्वयनमा जुटेको हो । असोज १५ गतेसम्म उपभोक्ता समिति गठन र चैत महिनाभित्र पूर्वाधार योजना कार्यान्वयन गरिसक्ने कार्यतालिका बनाएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो ।

“वडामा उपभोक्ता समिति गठन भैरहेका छन । सडक, पदमार्ग मर्मत सम्बन्धी केही योजना सम्झौता भएर पनि कार्यान्वयन सुरु भएको छ,” उहाले भन्नुभयो “लगत्तै सबै उपभोक्ता समितिका अध्यक्ष, सचिब र कोषाध्यक्षलाई आयोजना कार्यान्वयनको नीतिगत तथा प्राबिधिक बिषयमा प्रशिक्षण दिदैछौ ।”

MMC Including add

पाखापानी र मौवाफाँट दुई ठाउँमा प्रशिक्षण सञ्चालन गर्ने योजना बनाएको छ । एकै ब्यक्ति एकै बर्षका धेरै योजनामा बसेको पाइएपछि त्यसलाई हटाउन सबै योजनाको एकै पटक समिति गठन र वडामै पुगेर सम्झौता गर्ने तयारी गरेको छ । प्राबिधिक, नीतिगत र प्रक्रियागत ज्ञानको अभावमा लागत अनुमान तथा डिजाइन अनुसारको काम नहुने समस्या न्युनीकरणका लागि प्रशिक्षण दिन लागिएको हो ।

गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले आर्थिक वर्षको अन्तमा गरिने पूर्वाधार, तालिम, गोष्ठि दिगो, प्रभावकारी र उपलब्धीमुलक नदेखिएपछि सुधारको पहल गरिएको बताउनुभयो । “समयमै, गुणस्तरीय काम गराउने र बजेट दुरुपयोग रोक्नका लागि असारे विकासको प्रवृतिलाई निरुत्साहीत गरिएको छ,” उहाले भन्नुभयो “योजनाको नक्सा, लगत, उपभोक्ता समिति गठन, तालीम र बोलपत्र आव्हान गर्ने कार्ययोजना कार्यान्वयनमा लगिएको छ ।”

Chadani auto head

पुजिगत तर्फ कुल नौ करोड ९३ लाख दश हजार रुपैयाँ बजेट बिनियोजन गरेको रघुगंगाले वडागत ८२ र पालिका स्तरका २२ वटा गरि कुल १०४ वटा पूर्बाधार योजना बनाएको छ । कृषिमा एक करोड २६ लाख ५० हजार, पशु सेवामा ५८ लाख ५० हजार र सहकारीतर्फ आठ लाख बिनियोजन गरेको छ ।

मौवाफाँट देखि दग्नाम–दर्मीजा हुदै चिमखोला जोड्ने सडक निर्माणका लागि दग्नाम, चिमखोला र कुइनेमंगलेको गौरवको आयोजना बनाएर एक करोड पचास लाख बजेट बिनियोजन गरेको छ । “अजिंगर भिरमा अहिले तुदी हाइड्राको सहयोगमा सडक खन्ने काम भैरहेको छ,’ अध्यक्ष भण्डारीले भन्नुभयो “चिमखोला तर्फबाट दर्मीजासम्म आइपुगेको बाटोलाई यो वर्ष अजिंगर भिर छिचोलेर दग्नामबाट पनि जोड्ने तयारीमा छौ ।”

पाखापानीको कोटगाउ देखि रायखोर जोड्ने सडक निर्माणमा चालीस लाख, बेगको लामो पुल देखि भूमेथान जोड्ने पदमार्ग र मोटरबाटोलाई २५ लाख, पिप्लेको तालिम केन्द्रलाई १५ लाख, झिँको सामुदायिक भवनलाई २५ लाख बजेट बिनियोजन गरेको छ । झिँमा खेलमैदान बनाउन एक करोड बिशेष अनुदान आएको छ । ठूला र गौरवका योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिने भएको छ ।

यसैगरी कात्तिक मसान्त भित्र ब्यवसाय दर्ता र नविकरण गर्ने अभियान सुरु गरेको छ । कोरोना भाइरस रोकथामसँगै विकास आयोजनालाई समयमै कार्यान्वयन गर्ने नीति लिएको उपाध्यक्ष कमला तिलीजाले बताउनुभयो । कोभिड–१९ जिल्ला संकट ब्यवस्थापन केन्द्रको निर्णय अनुसार रघुगंगाको तीन ठाउँमा ५० बेडको क्वारेन्टिन र १५ बेडको प्रिआइसोलेशन बनाउन लागिएको छ ।
पाखापानीको तालिम केन्द्र, पिप्लेको रघुगंगा मावि र भगवतिको मुक्तिधाम माविमा क्वारेन्टिन र प्रिआइसोलेशन बनाउन लागिएको उपाध्यक्ष तिलीजाले बताउनुभयो । सबै वडामा बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरणको तयारी गरेको छ । भगवति, पिप्ले र दग्नामका लाभग्राहीलाई बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु भएको छ ।

अन्य वडामा पनि लाभग्राहीको खाता खोल्न प्रभु बैंकसँग सम्झौता गरेको छ । बैंकका कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि र पालिकाका कर्मचारीको उपस्थितिमा वडाबाटै भत्ता वितरण गर्ने ब्यवस्था मिलाएको प्रशासकीय अधिकृत सुबेदीले बताउनुभयो ।

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...